पेट्रोलियम पदार्थ अन्वेषणकालागि चिनियाँ प्राविधिक टोली दैलेखमा

१८ कार्तिक २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
37 Shares


काठमाडौं- दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभीस्थानलगायतका क्षेत्रहरुमा अन्वेषणका लागि दैलेख पुगेको चिनियाँ प्राविधिक टोलीले दैलेखको डुँगेश्वर गाउँपालिका वडा नं. १ को चुप्रामा अन्वेषण र उत्खनन्को समय अवधिभर बस्नका लागि बेसक्याम्प निर्माण गरेको छ ।नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेख आएको प्राविधिक टोलीले सिस्मिक सर्भे, जिओलोजिकल सर्भे र म्यागनेट सर्भेलगायतका कामहरु सुरु गरेको छ ।

दैलेखको नारायण नगरपालिका वडा नं. ६ मा चिनियाँ जिओलोजिकल सर्भेको कार्यालय स्थापना पश्चात् बेसक्याम्प निर्माण गरी अन्वेषणको कामलाई द्रुत गतिमा अगाडि बढाइएको छ ।खानी तथा भूगर्भ विभागका भूगर्भ्िवद् गणेश त्रिपाठीका अनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि चारवटा टोली खटिएका छन् ।उहाँका अनुसार पहिलो टोलीले सर्भे गरेर आवश्यक पर्ने नक्सा निर्माण गर्नेछ, दोस्रो टोलीले जिओलोजिकल सर्भे गरेर जमिनको सतह मुनिको अवस्थाका विषयमा अनुसन्धान गर्ने, तेस्रो टोलीले अन्वेषणका लागि आवश्यक पर्ने औजारहरु मगाउने र चौथो टोलीले सिस्मिक सर्भे गर्नेछ । आजको गोरखापत्रमा खवर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…
  • घरमै क्वारेन्टाइनमा बसेका डोल्पाका पुरुषमा कोरोनाको संक्रमण पुष्टि
  • पाल्पामा घुस लिएको आरोप लागेका एक वडाध्यक्ष पक्राउ
  • स्वास्थ्यमन्त्रीलाई यस्तो छ जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्डेयको सुझाव