ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

प्रकाशित मिति:

गुल्मीको रेसुंगा नगरपालीका४ स्थीत राँय ढुंगामा लु ४ त ९०१नम्बरको ट्याक्टर गएराती दुर्घटना हुँदा एक जनाको ज्यानगएको छ ।ज्यान जानेमा गुल्मी छत्रकोट गाउँपालीका ४ निवासी १९ वर्षीय ट्याक्टर चालक सन्जु विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरि नायव उपरिक्षक रोशन खड्काले बताउनु भएको छ । उनको घटना स्थलमै ज्यान गएको हो ।
तम्घास सिमलटारी सडक खण्डअन्र्तगत छल्दी खोलावाट वालुवा बोकेर सदरमुकाम तम्घास आउने क्रममा राँय ढुंगामा ढुंगामा ठक्कर लागेर उक्त दुर्घटना भएको हो । दुर्घटनामा परि सोही ट्याक्टरका सहचालक १७वर्षीय अशोक सुनार घाईते बनेका छन् । उनको जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको र उनको अवस्था सामान्य रहेको जिल्लाप्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटना भएको उक्त ट्याक्टर सडकदेखि एक सय मिटर तलखोल्सामा खसेको बताईएको छ । दुर्घटना स्थल सदरमुकाम तम्घासदेखि पाँच किलोमिटर पश्चिममा पर्दछ ।