बुटवलमा संचालित गोधुली रोदी घर स्थापनाको ५ औ बर्षमा प्रवेश

प्रकाशित मिति:

सुदिप गौतम – बुटवल / मोफसलको राजधानी प्रदेश ५ को बुटवलको मिलनचोकमा रहेको गोधुली रोदिघर ले आफ्नो स्थापनाको ५ औ वर्षमा प्रवेश गरेको छ । नेपाली मौलिक कला सस्कृति र लोक संगीतको प्रबर्धनको लागि व्यवसाय संगै मनोरंजन प्रदान गर्ने उदेश्यका साथ् स्थापना भएको थियो । गोधुली रोदी बाट धेरै कलाकारहरु उत्पादन भैसकेका छन ।नव प्रतिभाहरुलाई गोधिली रोदी घरको ढोका सधैभरि खुल्ला हुने र आफुले पनि साथ् दिने गोधुली रोदी घरका संचालक राम न्यौपानेले बताए ।

हाल कलाकार बाद्यबादन र सबै गरि ४० जना रोदी घरमा कार्यरत रहेका छन । स्वादिस्ट भोजन संगै मनोरंजन प्रदान गर्न आफू र आफ्नो रोदि घर परिवार सधै तल्लिन भएको संचालक न्यौपाने बताउछन । पछिल्लो समयमा दोहोरि साझ तर्फ कलाकारहरुको आकर्षण पनि उत्तिकै बढिरहेको छ । आगामी दिनमा थप स्तरीय सेवा सुबिदा बढाउदै लैजाने संचालक न्यौपानेको भनाई छ । बुटवलमा रहेर ख्याति प्राप्त कलाकारहरु यस रोधीघरमा कार्र्यरत छन यसै बिच स्थापना दिवसको आवसरमा आज साझ ६ बजे देखि चर्चित कलाकारको साथमा सास्कृतिक कार्यक्रम प्रस्तुत हुने बताईएको छ । बुटवलमा हाल ३ वटा दोहोरि साझ संचालनमा छन । गोधुली रोदी घरलाई स्थापना दिवसको धेरै धेरै शुभकामना ।