महरामाथिको थुनछेक बहस सकियो

१८ कार्तिक २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
22 Shares

File

काठमाडौं – जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सकिएको छ । आइतबार शुरु भएको थुनछेक बहस केही बेर अगाडि सकिएको हो । बहस सकिएसँगै अदालतले सम्भवतः अबको केही बेरमा नै थुनछेक आदेश जारी गर्ने छ । जबरजस्ती करणाी उद्योग मुद्दाको पुर्पक्षका लागि महरालाई साधारण तारेखमा राख्ने, धरौटी तिराएर तारेखमा राख्ने वा र पुर्पक्षमा पठाउने भनेर अदालतले आदेश जारी गर्ने छ । थुनछेक बहस सकिनै लाग्दा महरामाथि बलात्कार प्रयासको आरोप लगाउने पीडित महिला समेत काठमाडौं जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । अदालतको आदेशानुसार पीडित महिलालाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । तर, अदालतमा उपस्थित गराइएकी पीडित महिलाको बयान भने नलिएको अदालत स्रोतले जानकारी दिएको छ ।

महरामाथि झन्डै १ महिनाको अनुसन्धान पछि बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ । थुनछेक बहसकै क्रममा महरा पक्षका कानून व्यवसायीहरुले पीडितलाई समेत अदालतमा उपस्थित गराउनुपर्ने जिकिर गरेपछि उनलाई अदालतमा उपस्थित गराइएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया