रामेछाप / मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको १२ औं राष्ट्रिय दिवसको अवसर पारेर बुधबार रामेछापको मन्थलीमा र्याली तथा कार्यपत्र प्रस्तुत कार्यक्रम सम्पन्न भएको छ । “संघियताको पुण सार : मानव बेचबिखन अन्त्यका लागि जिम्मेवार र सहकार्य सहितको खबरदार” भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रममा मन्थलीको बिपी चोक बाट निकालिएको प्रभात फेरी कार्यक्रम बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगि कोण सभा गरिएको थयो । कोणसभामा मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतले मानव बेचबिखन बिरुद्धको दिवसको औचित्यका बारेमा प्रष्ट पार्दै प्रभात फेरीको समापन गरेका थिए ।
प्रभातफेरी पश्चात मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रामेछापका नायब प्रहरी उपरिक्षक अमरेन्द्र बहादुर सिंहले कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्लामा क्रियाशिल बिभिन्न संघसंस्था तथा कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा भएको कार्यक्रममा सहभागीहरुबाट उठेका प्रश्नहरुको जवाफ नायब उपरिक्षक अमरेन्द्र बहादुर सिंहले दिएका थिए ।