कृषि ज्ञान केन्द्र परासीले आथिक बर्ष २०७६, ०७७मा संचालित हुने कार्यक्रम सर्बजनिकिकरण गर्यो

१८ कार्तिक २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
39 Shares


रामु भुषाल/नवलपरासी-पश्चिम नवलपरासीमा कृषि ज्ञान केन्द्र परासीले आथिक बर्षृ २०७६।०७७मा संचालित हुने कार्यक्रमको एक कार्यक्रमका बीच सर्बजनिकिकरण गरेको छ । सोमबार कार्यालयमा आायेजित सरोकरवालाहरुसंगको कार्यक्रममा आथिक बर्ष २०७६,०७७ मा संचालन हुने योजनाहरु २३ करोड ८८ लाख ५५ हजार बराबरको योजना सार्बजनिकिकरण गरेको हो । कृषि ज्ञान केन्द्र परासीका बाली बिकास अधिकृत अरबिन्द त्रिपाठीले प्रस्तुत गर्नुभएको सो आर्थिक बर्षको बजेटमा बिभिन्न आठ शिर्षकमा रकम बिनियोजित भएको थियो । कृषि ज्ञान केन्द्र परासीका कार्यालय प्रमुख राममिलन बिश्वकर्माको अध्यक्षता तथा प्रदेश ५ का प्रदेश सासंद बैजनाथ जैसवालको प्रमुख आथिथ्यता भएको कार्यक्रममा बोल्दै प्रदेश सासंद जैसवालले स्मार्ट कृषि गाँउ राजनितीको लागि मात्र सञ्चालन भएको बताउदै रुपन्देही र नवलपरासीमा स्मार्ट गाँउको केही प्रभाव परेपनि प्रदेश नं ५ का पहाडी जिल्लाहरुमा यस कार्यक्रमले व्यापक भ्रष्टाचार मौलाएको अरोप लगाउनुभयो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै पूर्व स्थनिय बिकास राज्यमन्त्री घनश्याम यादवले कर्मचारी ईमान्दार भए भ्रष्टाचार अन्त्य हुने र नेताहरुले देशप्रति वफादार हुनुपर्ने बताउदै जनताहरु सचेत बन्नु पर्नेमा जोड दिनुभएको थियषे भने उहाले कार्यक्रमहरु कागजमा मात्र सिमीत हुन नहुने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै पश्चिम नवलपरासीका जिल्ला समन्वय समितीका प्रमुख शिवशंकर रायले देश सघियतामा गएकोले कर्मचारीहरु पनि नयाँ तरिकाले जनमुखी भई काम गर्नुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रममा राजपाका केन्द्रिय सदस्य पुरन चौधरी लगाएत रुपन्देहीको मर्चवारी गाउँपालिकाका प्रतिनिधी, लुम्बिनी संस्कृतिक नगरपालिका, प्रतिनिधी रामग्राम नगरपालिका प्रतिनिध र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । आर्थिक बर्षको कार्यक्रम अन्र्तगत नवलपरासी र रुपन्देहीमा स्मार्ट कृषी गाउ कार्यक्रम अन्र्तगत ३ करोड ५ लाख ५५ हजार र प्रधानमन्त्री कृषी आधुनिककरण परिययोजना संग सम्बन्धित कार्यक्रम अन्र्तगत १५ करोड ४२ लाख ८२ हजार, कृषी तथा पशुपक्षि श्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यैक्रम १४ लाख ५० हजार, कृषी उत्पादन खाद्य पोषण सुरक्षा कार्यक्रम १ करोड ३८ लाख ५० हज, अभियानमुखी कृषी तथा पशुपक्षि विकास कार्यक्रम २ करोड १३ लाख ५० हजार, कृषी क्षमता अभिबृद्धि तथा सिप वकास तालिम कार्यक्रम १ लाख ५० हजार, कृषी तथा पशुपक्षि यन्त्र तथा पुर्वाधार वकास कार्यक्रम ५० लाख र चालु कार्यक्रम १ करोड २२ लाख १८ हजार रहेको जानकारी गराइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेविसंघ महामन्त्री युवराज पाण्डेयले मागे गृहमन्त्री बादलको राजीनामा
  • उद्योग बाणिज्य संघले आफ्ना सदस्य ब्यबसायीहरुको नि:शुल्क कोरोना विमा गर्ने
  • भीरकोट नगरपालिकामा २८ हप्ते आईपिएम कृषक पाठशाला सम्पन्न
  • मिडिया मैत्री बजेट आएन
  • मुलुकमा बढ्दै गईरहेको जातीय बिभेद बिरुद्ध धकधईका युवा
  • अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो
  • कञ्चनमा निर्माणाधिन स्थलमा शौचालय नहुदा कामदारहरु खुल्ला दिसा गर्न बाध्य
  • बजेटले संस्थागत शिक्षालयलाई उपेक्षा गर्याे : शिक्षाविद
  • दोश्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मन्त्रीद्धारा शुभकामना व्यक्त
  • रुकुम र देवदह घटनाको छानवीन गर्न समाजवादीको माग