पत्रकार महासंघले बुझायो ज्ञापन पत्र

प्रकाशित मिति:

काठमाडौं / नयाँ मुलुकी ऐनमा प्रेसबारे राखिएका प्रावधानहरु संशोधनको माग गर्दै आन्दोलित पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघले कानून मन्त्रालयलाई बुधबार ज्ञापनपत्र बुझाएको छ ।

वुधबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पुगेर महासंघको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको हो । गएको भदौ १ गतेबाट लागू भएको मुलुकी (देवानी र फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुँदाहरु तत्काल संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन कानून मन्त्रालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाईएको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए । चार पेज लामो ज्ञापनपत्रमा संशोधन गर्नुपर्ने प्रावधानहरु बुँदागत रुपमा राखिएको छ ।