नेदरल्यान्ड्सका प्रधानमन्त्री साइकल चढेर कार्यालय आउछन

१९ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
24 Shares


एजेन्सी -होफभाइबर पोखरी टल्किरहेको छ। त्यहाँबाट देखिने रमणीय दृश्यको व्याख्या गरिसाध्य छैन। हेगको मुटुमा रहेको गथिक किल्ला बिनेनहोफमा स्टेट्स जेनरल अफ नेदरल्यान्ड्स छ। यो नेदरल्यान्ड्सको संसद हो।तर प्रधानमन्त्री मार्क रूट्ट सकेसम्म धेरै साइकल चढेर कार्यालय धाउन मन पराउँछन्।“मैले दश वर्षसम्म खासै साइकल चलाइनँ। तर दुई वर्षदेखि सुरू गरेको छु। मौसम अनुकूल हुँदा म त्यसरी नै कार्यालय जान्छु,” उनले वर्ल्ड इकोनोमिक फोरमसँग भने।डच वा नेदरल्यान्ड्सवासी साइकल प्रेमिका लागि प्रख्यात छन्। सन् २०१८ मा त्यहाँ जनसंख्याभन्दा धेरै त साइकल नै थियो। जम्मा एक करोड ७० लाख जनसंख्या भएको देशमा दुई करोड ३० लाख साइकल। देशको करिब एक तिहाइ यात्रा साइकलमा हुन्छ। ती मध्ये एक चौथाइ रूट्टजस्तै काममा जानलाई साइकल चढ्ने गर्छन्।उनी भन्छन्,“हामी सानो देश हौं त्यसैले साइकल चलाउन मन पराउँछौं। एक ठाउँबाट अर्कोमा जानुपर्छ। हो, गाडी पनि एउटा विकल्प हो तर ट्राफिक हुन्छ। त्यसमाथि वातावरणीय प्रभाव। १९ औं शताब्दीको अन्त्यदेखि हामी साइकल चढ्न अभ्यस्त भइसकेका थियौं।”देशसम्म परेको छ। त्यसैले दुई चक्के चलाउनलाई एकदमै उपयुक्त छ। तर साइकल सवारी प्रवर्द्धन गर्न देशले यातायात पूर्वाधार पनि सावधानीपूर्वक तयार गरेको छ। यहाँ ३५ हजार किलोमिटरभन्दा धेरै साइकल लेन छ।

युत्रेख्तमा विश्वकै ठूलो “अन्डरग्राउण्ड बाइक पार्क” छ।त्यहाँको चुस्त प्रणालीबाट प्रभावित भएको रूट्ट लुकाउँदैन। “दश वर्षअघिको तुलनामा साइकलका लागि ट्राफिक बत्ती र लेन हामी कहाँ कति धेरै छन्, म छक्क परेको छु। त्यस्ता पूर्वाधार शहरमा मात्रै नभएर शहरबीच स्थानीय समुदायमा पनि छन्। यसले विशेषगरी साना बालबालिकालाई विद्यालय आउजाउ गर्न सुरक्षित र सजिलो भएको छ,”उनले भने।साइकल सवारीले स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे जगजाहेर छ। यसले मधुमेह र मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम घटाउँछ। मानसिक स्वास्थ्य प्रवर्द्धनमा पनि सहयोग पुर्‍याउँछ। सन् २०१५ मा गरिएको एक अध्ययन अनुसार साइकलकै कारण नेदरल्यान्ड्समा प्रत्येक वर्ष ६ हजारभन्दा धेरैको ज्यान जोगिन्छ। यसले डच नागरिकको औसत आयु पनि ६ महिनाले बढाएको छ। फलस्वरूप देशले प्रत्येक वर्ष दुई करोड अमेरिकी डलर बचत गर्दछ।वातावरणलाई पनि ठूलो फाइदा पुर्‍याउँछ। नेदरल्यान्ड्स इन्स्टिच्युट फर ट्रान्सपोर्ट पोलिसी एनलाइसिसले जनाए अनुसार कार छोडेर साइकल चलाउन थाले प्रतिकिलोमिटर औसत डेढ सय ग्राम कार्बन डाइअक्साइड बचत हुन्छ। रूट्ट भन्छन्,“सम्पूर्ण प्रणालीले नै यो स्वस्थ विकल्पको सदुपयोग गर्न झक्झकाइरहेको छ।”

 

फेसबुकबाट तपाईको प्रतिक्रिया