टिपरको ठक्करबाट दुई दाजुभाईको मृत्यु

प्रकाशित मिति:

काठमाण्डौ / टिपरको ठक्करबाट धनुषामा दाजुभाइको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको धनुषाधाम नगरपालिका–९ धारापानीमा बुधबार विहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा उनीहको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–४ निवासी दाजुभाइ २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राई रहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना १ प ६१८९ नम्बरको टिपरले अगाडी जाँदै गरेको स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा पछ्याउँदै ओभरटेक गर्ने क्रममा किचेको स्थानीय प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी दिएका छन् ।

शवलाई परीक्षणको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । दु्वै शव परीक्षणपछि अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइने छ । दुर्घटनापछि टिपर र चालकलाई इलाका प्रहरी कार्यालय धारापानीले नियन्त्रणमा लिएको छ ।