संघीयता नेपालका लागी आवश्यक छैन

१९ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
323 Shares


खगेश बहादुर चन्द  -राष्ट्रिय जनमोर्चा पार्टीले दृढतापुर्बक भनेको थियो या त सघियता खारेज गर्नुहोस् नत्र संघीयताले नेपाल खारेज गर्छ भनेर अहिले आएर यो सबित भएको छ र सत्य पनि ।जुन दिन देशका ठुला दलहरुले र ती दलका नेताहरुले नेपाली जनता र नेपाल राष्ट्रको घाटिमा संघीयताको पासो भिरायो तेहि दिनबाट देशमाथी कालो बादल बडारियो र त्यो पासो कसिदै गाईरहेको छ ।नेपालका लागि संघीयता भनेको क्यान्सर हो ।क्यान्सर लगेको ८र९ बर्ष जति भो ,क्यान्सरले जसरी हात ,पखुरा ,घाटी ,नाक ,मुख गर्दै अन्तिममा मान्छेको मृत्यु गराउछ त्यस्तै सघियताले पनि नेपालको बिनास गर्छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । वास्तवमा संघीयता आफैमा उत्तम ब्यब्स्था हो तर नेपालको हकहितमा कुरा गर्ने हो भने यो आदर्शमा मत्रै सिमित छ र हाम्रा लागि तेति ब्यबहारिक पनि छैन।पहिलो कुरो नेपाली जनताले संघीयता चाहेकै थिएनन ,दोस्रो कुरा नेपालमा संघीयताको आबश्यकता नै छैन।जनताले कसरी चाहेका छैनन् भन्ने कुरलाई पुष्टि गर्न सक्छौ भने ,जुन २०७० सालमा भाएको दोस्रो संविधान सभाको मत परिणामले हामिलाई प्रष्ट देखाएको छ ।मत परिणाममा जुन दलहरुले संघीयताको पक्षधर गरेका थिए,जुन दलले नेपालमा संघीयता आउनुपर्छ भनेका थिए ती दलहरु अहिले कहाँ लगापाखा लगेका छ्न त ।जसले मधेस एक प्रदेश स्वायत्त मधेसको नाम गरेका थियो अहिले मधेसी जनताबाट आफै पराजित भोग्नु परेको छ।फेरि भन्नुपर्दा जसले चाहिँ संघीयता नेपालमा हुनुहुदैन संघीयता भयो भने नेपालका लागि घातक बिसाक हुनसक्छ भनेर बिवाद गर्दै आयो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अहिले दोस्रो संविधान सभाको चुनाबमा उ चौथो ठुलो शक्तिको रुपमा उदय भएको छ ।

यसबाट हामीलाई प्रष्ट थाहा हुन्छकी जनताले संघीयता चाहेकै छैनन् भनेर ।संघीयता त यी रजनैतिक दलहरुले ,यी नेताहरुले आफ्नो राजनिती गर्ने भाडोको रूपमा बिकास गरेका छन ।अहिले पनि नेतहरुले संघीयतालाई प्रमुख एजेन्डा बनाइराखेका छ्न जोकि बनाउनु हुदैन थियो ।किनकि अहिले हाम्रो देश आर्थिक रुपले बिपन्न भईराखेको छ ।चलिरहेका कलकारखाना उधोगधन्दाहरु पनि अहिले धरास्य भएर बन्द हुने अवस्थामा छन् ।अर्को कुरा जिउतिउ चलिरहेको कलकारखाना उद्योगधन्दाहरु छन् तिनिहरु मरण र जिबनको अवस्थामा चलिरहेका छन् । भोलि कहानिर गएर कहिले बन्द हुन्छन् कुनै ठेगान छैन । संघीय शासन प्रणाली निकै खर्चिलो छ किनभने धेरै किसिमका सरकार भएका कारण निकै खर्चिलो पदती सबित भएको छ ।विभिन्न सरकारहरु बिच सन्तुलित व्यबहार नभएमा राष्ट्रिय एकतामा पनि दखल आउने सम्भावना नभएको पनि होइन ।मैले एउटा प्रश्न गर्न चाहे यदि संघीय शासन ब्यवस्था नै हाम्रो देशको लागि राम्रो भए ,किन पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका थिए त रुकिन उहाले बाइसे र चौबीसे राज्यलाई जोडेर सिङ्गो नेपाल निर्माण गरेका थिए तरुअहिले हाम्रो नेपाल ७ प्रदेशमा बिभाजित भएको छ ।आज ७ भोलि १४,पर्सि २८ हुँदै नेपाल फेरि बाईसे र चौबिसे राज्यमा नटुकृएला भन्न सकिन्छ ,अह अबस्य सकिदैन ।हामिले उदाहरणको रुपमा चीन र भारत पनि लिन सक्छौ ।भारतले संघीयता अपनाएको ६० बर्ष नाघिसकेको छ तर अझै पनि जातीय ,बर्गिय शोषण अझ पनि कयमै छ ।तर चिनमा संघीयता छैन तैपनी बैज्ञानिक छेत्रमा मात्र नभएर सामाजिक छेत्रमा पनि अघि बढीरहेको छ ।

अब भन्नुहोस् संघीयता अपनाउदैमा देशमा बिकास हुने र संघीयता न अपनाउदैमा बर्बादिमा जाने रहेछ त  नेपाल बिश्वकै सबैभन्दा सानो राज्य हो फेरि यसलाई संघ बनाउनु हुदैन ।भारतमा एउटा बिहार राज्य जाहा १८ करोड जनसंख्याको राज्य बिभाजित भईरहेको छैन र अझै एक भइराको छ तर हामी भने देश टुक्राउने काम गरिरहेका छौ।सन्सारका देशहरु जस्तै युरोपियन युनियन देशहरू आफुहरु स सान भएकै कारणले नै विश्वसामु शक्तिसाली भएन भनेर एकीकृत भएर आईरहेका छ्न।उनिहरुले एउटै मुद्रा चलाए,एक अर्काकोमा जान भिसा रोक लगाएको छैन ,अतस्सन्सार चाहिँ ठुलाठूला राज्य बन्ने प्रक्रियामा छ्न भने हामिले चाहिँ भएको राज्यलाई पनि टुक्राईरहेका छौ।यदि संघीयताले नै देशको बिकास हुनेथियो भने किन इथियोपिया बिश्वकै दरिद्र राष्ट्रमा पर्छ ,के यसको तर्कसंगत जबाफ छ ,अह अबस्य छैन ।त्यसैले या त हामिले संघीयता खारेज गर्नुपर्छ होइन भने नेपालको असतित्व मेट्न हामी सबै नेपाली मन्जुर हुनुपर्छ ।संघीयता खारेज भयो भने मात्र नेपालको स्वतन्त्रता ,सार्वभौमिकता,भौगोलिक अखण्डता ,रास्ट्रिय एकता ,स्वाधिनता र स्वाभिमान कायम हुनसक्छ ।

खगेश बहादुर चन्द
पृथ्वीनारायण क्याम्पसमा कानुन प्रथम बर्ष अध्ययनरत

फेसबुकबाट तपाईको प्रतिक्रिया