नयाँँ ब्यबस्थापनका साथ पुन सञ्चालनमा बाइकर्स क्याफे एन्ड लन्ज

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – बुटवलका २९ बर्षे युवा अर्जुन गुरुङले बाइकर्स क्याफे एन्ड लन्ज सञ्चालनमा ल्याएका छन । सामाजिक कार्य संगसंगै बिभिन्न संघसंथामा होमिएका यि युवा नितान्त युवा बर्गका सारथीको रुपमा चिनिन्छन । बुटवलकै चौरहामा उनले केही महिना अघीबाट ओसिस स्पा सेन्टर पनि सञ्चालनमा ल्याएका थिए ।

बर्तमान समयमा छुट्टै आयाम र मेहनतका साथ क्याफेको सञ्चालन गर्ने उदेश्य लिएको उनले सबलपोस्टलाई बताए ।  उनले यो क्याफे नयाँ कन्सेप्टका साथ सञ्चालनमा ल्याएका हुन । उनी भन्छन्, ‘क्याफेमा जुन खालको नयाँ प्रयोग भएको छ यस्ले सबै बर्ग संग मेल खान्छ । नामै बाइकर्स क्याफे रहेको यो क्याफेमा अन्यत्र भन्दा निकै बेग्लै र थप आकर्षक समेत रहेको उनी बताउन्छन ।