अब मलेसियामा कामदारको न्युनतम तलब मासिक हजार ५०

प्रकाशित मिति:

काठमाण्डौ / मलेसिया सरकारले कामदारको न्यूनतम तलब वृद्धि गर्ने घोषणा गरेको छ। आगामी जनवरी १ देखि लागू हुने गरी कामदारको तलब मासिक १ हजार ५० वा घन्टाको ५।०५ आरएम तोकेको मलेसियाको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यसअघि कामदारको न्यूनतम तलब मासिक नौ सय २० देखि एक हजार आरएमसम्म थियो ।

मलेसियन सरकारको घोषणाबाट नेपाली कामदार पनि लाभान्वित हुनेछन्। मलेसियामा ५ लाखभन्दा बढि नेपाली कामदारहरु कार्यरत रहेको अनुमान छ।

न्यूनतम तलब बढाएकै कारण सेवा र बस्तुको मूल्य नबढाउन सरकारले आग्रह गरेको छ। ‘देशको आर्थिक अवस्थाका आधारमा न्यूनतम तलब बृद्धि गरिएको हो। तलब बृद्धिले उद्योगलाई प्रभावित नगरोस् भन्नेमा हामी सजग हुनुपर्छ’ प्रधानमन्त्री कार्यालयले भनेको छ।

परामर्श समितिको सुझावका आधारमा तलव वृद्धि गरिएको सरकारले जनाएको छ।