फेसबूकले सार्वजनिक गर्‍यो नयाँ लोगो, तपाईंलाई कस्तो लाग्यो ? हेर्नुहोस्

प्रकाशित मिति:

फेसबूकले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । विशेष उद्देश्यका साथ डिजाइन गरिएको भनिएको यो लोगोमा फेसबूक शब्दका सबै अक्षरहरु क्यापिटल लेटर (अक्षर)मा छन् । यद्यपि, फेसबूकको नयाँ लोगोलाई यसको प्रमुख वेब र एपमा प्रयोग गरिएको छैन । नयाँ लोगोलाई ह्वाट्सयाप र इन्स्टाग्रामको प्यारेन्ट कम्पनी जनाउनका लागि प्रयोग गरिने छ ।

फेसबूकले नीलो, हरियो र गुलावी गरी तीन रंगमा नयाँ लोगो सार्वजनिक गरेको छ । नीलो रंग फेसबूकका लागि, हरियो रंग ह्वाट्यापका लागि र गुलावी रंग इन्स्टाग्रामका लागि हो । फेसबूकको नयाँ लोगो सम्भवतः अबको केही हप्तामै प्रयोगमा ल्याइने छ ।