ग्लोबल आइएमई बैंकको नाफा ४० प्रतिशतले बढ्यो

प्रकाशित मिति:

काठमाडौं – चालू आर्थिक वर्षको तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा ४० प्रतिशतवे वृद्धि भएको छ । बैंकले सो अवधिमा ७५ करोड ३१ लाख नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकको नाफा ५३ करोड ५८ लाख थियो । बैंकको वितरणयोग्य नाफा २१ करोड ११ लाख रहेको छ ।

गत आवको नाफाबाट बैंकले शेयरधनीलाई १२ दशलव ७५ प्रतिशत बोनस शेयर र १२ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । चालू आवको तीन महिनामा बैंकले १ अर्ब ५६ करोड खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।