‘प्रकाण्ड’लाई भोजपुर पुराइयो

प्रकाशित मिति:

काठमाण्डौ /

प्रहरीले नेकपा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड०लाई जिल्ला अदालत भोजपुरमा उपस्थित गराइएको छ । विश्वकर्मालाई गएको चुनावमा हाल प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईको चुनावी अभियानको टोलीमााथि गत २८ कात्र्तिकमा भोजपुरको पिखुवा खोलामा गोली हानेको अभियोगमा उजुरी परेकोले भोजपुर लगिएको हो । संघ र प्रदेशसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा राईमाथि आक्रमण भएको थियो ।

प्रकाण्डविरुद्ध जिल्ला अदालत भोजपुरमा ३ वटा मुद्धा दायर भएको जिल्ला अदालत भोजपुरले जनाएको छ । उनिविरुद्ध जिल्ला अदालत भोजपुरमा विस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । अदालतमा प्रकाण्डको वयान लिने काम भैरहेको र वयान सकिएपछि वुधवार नै वहस हुने अदालतले जनाएको छ । प्रकाण्डको पक्षबाट तीनजना वकिलले बहस गर्दैछन् । नुवाकोटबाट काठमाडौं विराटनगर हुँदै प्रकाण्डलाई मंगलवार राति भोजपुर पुराइएको हो ।