वालमैत्री नगर घोषणा गर्ने कार्यले तिव्रता लिदै

प्रकाशित मिति:

एशिव शरण महत/भीरकोट –  भीरकोट नगरपालिका आगामी चैत्र मसान्तर भित्रमा वालमैत्री नगर घोषणा हुने भएपछि घोषणा गर्नको लागी आवश्यक पर्ने सूचक पूरा गर्नको लागी यति वेला नगरपालिका नगर भित्रका विद्धालय र वडाका टोल टोलमा विभिन्न कार्यक्रमहरु लिएर गैइरहेको छ ।  भीरकोट नगरपालिका नगरकार्यपालिकाको कार्यालयको आयोजनामा वालमैत्री स्थानीय शासन अवलम्वन सम्वन्धी सूचकहरुको वडा स्तरीय अनुगमन तथा छलफल कार्यक्रम भीरकोट नगरपालिका वडा न.२ मा सम्पन्न भएको छ ।  अनुगमन तथा छलफल कार्यक्रममा वोल्दै नगर प्रमुख छायाराम खनालले वालवालीका लाई असल वनाउन नसके अभिभावकले देखेको भविष्य पूर्ण नहुने भन्दै वाल्यकालमा आफुले भोगेका पिडाहरु स्मरण गर्दै अवका नयाँ पुस्ताले सो अवस्था भोग्न नपरोस भनी नगरपालिकाले वालवालीकाको लागी लगानी गरी अभियानको थालनी गरेको वताउनु भयो ।  अभिभावकले आफ्ना सन्तान प्रती राम्रो आनीवानी र व्यवहार गरी साना वावु नानीलाई त नभनी तिमि भन्ने शव्द प्रयोग गर्न अभिभावक लगायत सम्पूर्णमा आग्रह गर्दै सवै वर्ग तह वाट साथ सहयोग भए मात्र नगरपालिकाले राखे.को उद्धेश्य पूरा हुने नगर प्रमुख खनालले वताउनु भयो ।

अनुगमन तथा छलफल कार्यक्रममा शिक्षा शाखा प्रमुख हेम प्रसाद आचार्यले कार्यक्रम माथी प्रकाश तथा संस्थागत सुचकहरु प्रस्तुत गर्नुभएको थियो भने शहरी स्वास्थ्य क्ल्निीकका प्रशंसा ढुङ्गानाले स्वास्थ्य सम्वन्धी सुचक,शिक्षिका ईन्दीरा केसीले वालविकास सम्वन्धी सुचक र वाल सहभागीता सुचक सम्वन्धी विद्यार्थी निर्देश रेग्मीले प्रस्तुत गर्नुभएको थियो ।  जनप्रतिनिधि,सम्वन्धीत शाखाका कर्मचारी,टोल विकास समितिका पदाधीकारी,विद्यार्थी, आमा समूह,लगायत अन्य माहानुभावहरुको सहभागीता रहेको कार्यक्रममा भीरकोट २ नेपाल कम्यूनीष्ट पार्टी नेकपाका प्रतिनिधि कृष्ण प्रसाद ढुङ्गाना, नेपाली कांग्रेस भीरकोट २ का प्रतिनिधि पदम वहादुर केसी लगायतले वालमैत्री नगर घोषणा कार्यक्रम निकै राम्रो कार्य भएको भन्दै यस कार्यको सफलताको लागी सवै नगरवासी एक जुट भै अगाडी वढ्नु पर्ने वताए ।

भीरकोट वडा न २ स्थीत भारथान टोल वाल समूहका उपाध्यक्ष रविना घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वोर्ड सदस्य विष्णुमाया काफ्लेले र स्वागत वोर्ड सदस्य विन्दु खड्काले गर्नुभएको थियो । यस सगै नगरपालिकाका ९ वटा वडा मध्ये ८ वटा वडामा वालमैत्री स्थानीय शासन अवलम्वन सम्वन्धी सूचकहरुको वडा स्तरीय अनुगमन तथा छलफल कार्यक्रम सम्पन्न भैसकेको छ भने १ वाड अव केही दिनमा सकिने नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनु भयो ।  प्रवक्ताका अनुसार नगरपालिकाले तोकेको समय अवधी भीत्रनै वालमैत्री नगर घोषणाको लागी प्रत्येक दिन विभिन्न समुह वनाई नगरपालिका हरेक वाडका टोल अनी वस्तीमा पुगेको र अझै थप कार्यक्रमहरु लिएर जाने समेत वताउनु भयो ।