नुवाकोटको एक स्कुलमा कागजमा मात्रै बन्यो शाैचालय, खाजा र छात्रवृत्तिमा समेत भ्रष्टाचार

प्रकाशित मिति:

नुवाकोट – विद्यालयभित्रको वेथितिकोबारे लखौँ नेपाली जानकार छन । किनकी हरेक मानिसहरू कुनै न कुनै रूपमा विद्यालयसँग जोडिएका छन । सामूदायिक विद्यालयहरूमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका कतिपय सदस्यको मिलेमतोमा भन्दा बढी भ्रष्टाचार हुने गरेको छ । सुक्ष्म रूपमा खोजी गर्दा वेथितिबिहिन सामुदायिक विद्यालय पाउन मुस्किल छ । विद्यालयमा हुने विभिन्न खालका भवन निर्माणदेखि, गरिब विद्यार्थीका नाममा आएका छात्रवृत्ति र खाजाको पैसामा सेमत उनीहरूको गिद्दे नजर पर्ने गरेको छ । यस्तै भएको छ नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर २ मा रहेको चापावोट आधारभुत विद्यालयमा विद्यालयका तत्कालनी प्रधानाध्यापक देवेन्द्र तामाङले शौचालय बनाएको भनेर कागज तयार पारी रकम कुम्ल्याएको रहस्य सार्वजनिक भएको छ । हाल उनी सोही गाउँपालिकाको वोर्लाङभूमि आधारभूत विद्यालयमा शिक्षकको रूपमा कार्यरत रहेका छन ।

                            २०७३ सालको अडिट रिपोर्टको एक अंश ।

प्रअ हुँद देवेन्द्रले गरिब विद्यार्थीको नाममा आएको छात्रवृतिदेखि खाजाको पैसा समेत खाएको र लाखौँ रूपमा भ्रष्टाचार गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले जिल्ला शिक्षा समन्वय इकाइ, जिल्ला प्रशासन कार्यालय नुवाकोट र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन । जिल्ला प्रशासन कार्यालय नुवाकोटले भ्रष्टाचार गरेको उजुरी परेपछि सोधपुछका लागि देवेन्द्र तामाङलाइ बोलाइसकेको छ भने अख्तियारले पनि छानविन प्रक्रिया अघि बढाएको छ । चापावोट आधारभूत विद्यालयको प्रअ हुँदा देवेन्द्रले लाखौँ रूपैया हिनामिना गरेको कागजतहरूबाट प्रमाणित हुन्छ भने उनी आफैँले केही लाख रूपैयाँ विद्यालयलाइ तिर्ने कागजसमेत गरेको भेटिएको छ । यद्यपी उनले कागज समेत गरेकाे विद्यालय व्यवस्थापन समितिलाइ उक्त पैसा नतिरेपछि अहिले यो विषयमा अख्तियारसम्म पुगेको छ

व्यवस्थापन समितिलाइ गुमराहमा राखेर भ्रष्टाचार चापावोट आधारभूत विद्यालयमा २०७३ साल माघमा हेमबहादुर तामाङ व्यवस्थापन समितिको अध्यक्ष निर्वाचित भए । त्यसपछि फागुन पहिलो साता बसेको व्यवस्थापन समितिको दोस्रो बैठकले हेमबहादुरको नाममा खाता सञ्चालन गर्ने निर्णय गर्यो र सोही अनुसार सदस्यसचिव समेत रहेका प्रअ देवेन्द्रलाइ खाता सञ्चालनको व्यवस्था मिलाउन निर्देशन पनि दियो तर त्यसपछिको पाँच महिना विद्यालयका पूर्व अध्यक्ष एवं हाल जिल्ला समन्वय समिति नुवाकोटकी उपप्रमुख अप्सरा थापासँग मिलेर उनले थुप्रै रकमहरू हिनामिना गरेको तथ्य देखिन्छ ।

 

          व्यवस्थापन समितिका सदस्यले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीको प्रतिलिपि ।

प्रअ तामाङले फागुनमा दिएको निर्देशन अटेर गरेर २०७४ साल जेठ १७ गतेमात्र खाता सञ्चालनमा ल्याएको हालका व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर तामाङले दैनिकीलाइ जानकारी दिए । उनले हरेक निर्णयमा प्रअको कमजोरी देखिएको र अनियमित तरिकाले विद्यालयबाट निकासा गरेर लिएको रकम जम्मा गर्न निर्देशन दिँदा समेत नमानेको बताए । तामाङले गरेको भ्रष्टाचार अडिटमै प्रष्ट देखिएको लेखा समितिका कुमार तामाङ बताउँछन । उनका अनुसार तत्कालीन प्रअ तामाङले विद्यालयलाइ प्राप्त भएको सबै चन्दा समेत खाएका छन ।

केमा कति रकम भ्रष्टाचारको आरोप ?

♦तत्कालीन प्रधानाध्यापक तारा निराैलाले हस्तान्तरण गरेको २ लाख ८४ हजार गायव ।

♦शाैचालयको निर्माणको २ लाख ५० हजार (विद्यालयमा शैचालयपनि छैन पैसा पनि छैन)

♦सांसदहरूले दिएको १ लाख ४० हजार (प्रकाशचन्द्र लोहनी दिएको ५० हजार र राज्य लक्ष्मी श्रेष्ठले दिएको ९० हजार)

♦भूकम्पपछि प्राप्त भएको १० बण्डल जस्तापाता गायव

♦३/३ कोठाको दुइवटा भवन बनाउँदा खर्च नभएको झण्डै १२ लाख रूपैयाँ पनि गायव

♦दलित, अपाङ्ग कोटाको छात्रवृद्धिको रकम समेत झ्वाम – दैनिकी