महिनावारी हुँदा हरेक महिलाले जान्नैपर्ने यी ५ कुराहरु

प्रकाशित मिति:

एजेन्सी – महिलाहरुले किशोरवास्थामा प्रवेश गरेपछि गर्भधारण नभएसम्म हरेक महिना वा २८ दिनको अन्तरमा यो’नीबाट रगत बग्छ जसलाई महिनावारी भनिन्छ । यस्तो रगत २ देखि ७ दिनसम्म बग्छ र समय पुरा भएपछि आफैँ रोकिन्छ । महिनामा एकपटक रगत बग्ने भएकाले यसलाई महिनावारी भनिएको हो । समाजमा यसलाई रजस्वला, पर सर्नु, नछुने हुनु आदि बिभिन्न नामले चिनिन्छ । डिम्बासयको डिम्ब(अण्डा)परिपक्व भएपछि केटीहरुको पहिलो महिनावारी हुने गर्छ । महिनावारी सामान्यतया ८ देखि १९ वर्षको उमेरमा सुरु भइ ४५ देखि ५५ वर्षको उमेरसम्म कायम हुन्छ । महिनावारी सुरु भएपछि यो’नीबाट एक प्रकारको सेतो पानी बग्न थाल्छ । यो सामान्य प्रक्रिया हो तर अधिक मात्रामा सेतो पानी बग्ने ,गन्हाउने , यो’नी वरिपरि चिलाउने वा पोल्ने भयो भने यसको उपचार समयमै गर्नु पर्छ । नत्र पछि गएर यसले पाठेघरसम्बन्धी बिभिन्न समस्याहरु निम्त्याउन सक्छ । महिनावरी हुँदा यौनांगको सरसफाइ राम्रोसँग भएन भने पनि यस्तो समस्या हुने गर्दछ। रजस्वला, हुनु प्राकृतिक प्रक्रिया हो र स्वस्थ्य अवस्थाको पनि संकेत हो ।

यसको बारेमा सही जानकारी वा चेतना नहुँदा पहिलो पटक रजस्वला, हुँदा धेरै किशोरीहरु आत्तिने गर्छन् र केहीले रोग लाग्यो भनेर सोच्ने गर्दछन् । त्यसैले यसका बारेमा घरमा भएका अभिभावकहरुले यसबारे जानकारी दिनु आवश्यक हुन्छ । रजस्वला वा महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु । महिनावारी हुँदा शरीरबाट सामान्य अवस्थामा ४ देखि ७ दिनसम्म रगत बग्नु समान्य मानिन्छ । तर कसैलाई १० देखि १५ दिनसम्म रगत बगिरहने समस्या भयो भने उपचार गराउनु आवश्यक हुन्छ । प्रत्येक दुइ – दुइ घण्टामा प्याड बदल्नु पर्ने अवस्था आयो भने त्यसलाई धेरै रगत बगेको मानिन्छ। रजस्वला भएका बेलामा आफ्नो व्यक्तिगत सरसफाइमा बिषेश ध्यान दिनुपर्छ । यदि सरसफाइमा ध्यान दिइएन भने सेतो पानी गन्हाउने , यो’नी चिलाउने, पिसाब पोल्ने समस्या आउन जान्छ । त्यसैले यसको सरसफाईमा बिषेश ध्यान दिनुपर्छ । सफाइमा ध्यान नदिए यौनांगमा घाउ भई हिँड्न गाह्रो हुन्छ ।

यौनांगलाई दैनिक रुपमा सफा पानीले धुनुपर्छ , रगत लागेको छ भने मनतातो पानीले सफा गर्नु पर्छ । रजस्वला वा महिनावारी हुँदा शरीरबाट धेरै मात्रामा रगत बग्न गई शरीर कमजोर भएको महशुस हुन्छ । शरीरलाई बलियो र स्वस्थ बनाउन आवश्यक पौष्टिक आहार , हरिया सागसब्जी, तरकारी, फलफूल दुध, दही, गेडागुडी, माछा,मासु र प्रशस्त मात्रामा झोलिला खानेकुरा खानुपर्छ ।  यसका लागि टुसा उमारेको झोल , चाकु, फलामको भाँडामा पकाएको दाल गहत आदिको सेवन गर्नुपर्छ । जसले गर्दा शरीर स्वस्थ्य बनाउँन सहयोग मिल्छ र रक्त अल्पताबाट हुनबाट बचाउँछ । रजस्वला भएको बेलामा सफा नरम सुतीको कपडाको टुक्रा वा स्यानेटेरी प्याड प्रयोग गरेर सजिलै र सफासँग व्यवस्थापन गर्न सकिन्छ । अहिले बजारमा रजस्वलाका लागि बिषेश खालको मेन्सट्रुयल कप र टेम्पोन पनि आएका छन् । महिनावारी भएको बेलामा कसैलाई तल्लो पेट दुख्ने, स्तन दुख्ने, ढाड दुख्ने,हात खुट्टा करकर खाने, ,टाउको दुख्ने समस्या पनि हुन्छ । यस्तो बेलामा स्त्री रोग सम्बन्धीडाक्टरसंग परामर्ष लिनुपर्छ । यस्तो बेलामा डाक्टरको सल्लाहा बिना दुखाई कम गर्ने औँषधी सेवन गर्नु हुदैँन ।