आलमको आजको बयान सकियो भोलि फेरि हुने ,अव के होला आलमलाई ?

प्रकाशित मिति:

रौतहट – सांसद मोहम्मद अफताव आलमसँगको बयान मंगलबारका लागि सकिएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान भइरहेको छ । मंगलबारको बयान सकिएपछि आलमलाई पुन जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको छ । उनको बाँकी बयान भोलि हुनेछ ।

मंगलबार आलम पक्षका कानुन व्यवसायीले मिसिलको नक्कल उपलब्ध नगराएकामा विरोध जनाएपछि केहीबेरका लागि बयान स्थगित भएको थियो । उनका कानुन व्यवसायीले मिसिल पाएपछि पुन २० मिनेटजति बयान भएपछि मंगलबारका लागि स्थगित भएको जिल्ला अदालतले जनाएको छ ।