जनताको घर—घरमा पुगेर सेवा दिन्छौं : प्रजिअ कुरुम्बाङ्

प्रकाशित मिति:

स्याङ्जा— सरकारले गरेको ७७ जिल्लाकै सिडियोको कार्य सम्पादनको नतिजामा उत्कृष्ट भएका रामबहादुर कुरुम्बाङ् स्याङ्जाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटिएका छन् । यस भन्दा अगाडी बर्दियामा कार्यरत प्रजिअ कुरुम्बाङ् सरकारले हालै गरेको सरुवामा उनको जिम्मेवारी स्याङ्जा तोकिएको हो । स्याङ्जाको प्रजिअको जिम्मेवारी लिएर कार्यभार सम्हालेका कुरुम्बाङ् जिल्लाका जनप्रतिनिधि, पत्रकारहरु, राजनीतिकदलका प्रतिनिधि, उद्योगी व्यवसायी, कर्मचारीहरु सगँको भेटघाटमा तथा जिल्लाको बस्तुस्थितीका बारेमा बुझ्न व्यस्त छन् । सोमबार जिल्लाका पत्रकारहरु सगँ भेटघाट गर्दै प्रजिअ कुरुम्बाङ्ले जिल्लाको शान्ति सुरक्षा, सुशासन, भष्ट्रचार रोक्ने, विकास निमार्ण, नागरिकको कामलाई छिटोछरितो सेवा प्रवाह, कालो बजारी लगायतका विषयमा आफ्नो ध्यानाकर्षण हुने बताए । म प्रशासक नभएर जनताको सेबक हुँ उनले भने,“सिडिओलाई शासकको रुपमा समेत हरिने गरिन्छ तर म जनताको सेवकको रुपमा हेरिने बातावरण बनाउनेछु ।” सरकारी कामको निगरानी मात्रै नभएर समग्र विकास निर्माण देखि अनियमितताका बारेमा निगरानी राख्न उनले पत्रकारहरुलाई आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जामा संचारकर्मीहरु सगँ भएको छलफलममा शुसासन कायम गर्न पत्रकारहरुको महत्वपूर्ण भुमिका रहने बताए । खराब चरित्रलाई बाहिर ल्याउन पत्रकारलाई आग्रह गर्दै प्रजिअ कुरुम्वाङ्ले खोज पत्रकारीता गर्न जिल्लाका सबै संचारकर्मीहरुलाई आग्रह गरे । यका लागि म बाटै खोज पत्रकारिताको सुरुवात होस कुरुम्बाङ्ले भने । भष्ट्राचारका बिरुद्ध पत्रकार साथीहरुले कलम चलाउन भन्दै कुरुम्वाङ्ले पत्रकारको सुरक्षामा आफुले कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे । मिडिया र कर्मचारी मिलेर काम गर्न आफु तयार रहेको उनले बताए । जनप्रतिनिधीहरुले कार्ययोजना बनाउने, बजेट ल्याउने हो प्रजिअ कुरुम्बाङ्ले भने,“त्यसको कार्यन्वयन कर्मचारीतन्त्रले गर्नुपर्छ भन्ने अनुभव हामी सगँ छ ।” भष्ट्रचार आफुले पनि नगर्ने र अन्यबाट भएको थाहा पाए नछाड्ने मेरो पहिलो काम हुने उनले बताए । पैसाको लेनदेनलाई मात्रै भष्ट्रचार हो भन्ने मेरो मान्यता छैन सरकारले दिएको जिम्मेवारीमा तलमाथी गरेपनि भष्ट्रचार गरेको ठहर हुने छ यसका लागि जिम्मेवार रहन आग्रह गरे ।  आफु म्याग्दीमा प्रजिअ हुँदा शुरु गरेको एकिकृत घुम्ति शिबिर प्रभावकारी भएको भन्दै स्याङ्जाका घर—घरमा गएर जनताको सेवा गर्ने अभियानमा रहेको उनले बताए ।

दशमै पहिलो पटक आफुले शुरु गरेको स्मरण गर्दैै प्रजिअ कुरुम्वाङ्ले घुम्ति शिविरलाई जिल्लामा पनि निरन्तरता दिने बताए । प्रजिअ संघको मात्र नभई प्रदेश र स्थानिय तहको पनि प्रतिनिधि हो उनले भने,“सबै सँग सहकार्यगर्दै नतिजा निकाल्ने गरी आफूले काम गर्ने छु ।नागरिक र कर्मचारी विचको सम्वन्ध नजिक भयो भने मात्रै सुशासन कायम हुने भन्दै जिल्लामा रहेका कर्मचारीहरुलाई जनतालाई मुस्कान सहितको सेवा दिन आग्रह गरे । कार्यक्रममा वालिङ नगरपालिका मेयर दिलिप प्रताप खाँण, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा लगायतले बोलेका थिए । यसअघि स्याङ्जाका कार्यालय प्रमुखहरुसँग भेटघाट गर्दै नव आगन्तुक प्रजिअ कुरुम्वाङ्ले सेवा प्रवाह प्रभावकारी बनाउन सबैलाई आग्रह गरेको वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिए । जनताको सेवकको रुपमा कर्मचारीहरुलाई काम गर्न प्रजिअले निर्देशन दिएको सुवेदीले बताए । २०६६ सालबाट प्रजिअको जिम्मेवारी पाएको बताउदै कुरुम्वाङ्ले २०५५ सालमा निजामती कर्मचारीबाट सेवा प्रवेस गरेका थिए । तेह्थुममा २०२७ सालमा जन्मेका कुरुम्बाङ्ले २०४९ सालबाट चार बर्ष नेपाल आर्मीमा अधिकृत भएर काम गरेका थिए ।