नेपाल आए बलिउड अभिनेता गोविन्दा

प्रकाशित मिति:

काठमाडौं – बलिउडका चर्चित अभिनेता गोविन्दा नेपाल उत्रिएका छन् । वीरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागिता जनाउन उनी म‌ंगलबार नेपाल उत्रिएका हुन् ।गोविन्दासँगै उनकी पत्नी सुनिता आउजा पनि नेपाल आएकी छिन् । यस्तै नायिका निरुता सिंह पनि सँगसँगै नेपाल आएकी छिन् । निरुता सिंह केही वर्षयता भारत बस्दै आएकी छिन् ।मंगलबार त्रिभुवन विमानस्थलमा ओर्लिएका गोविन्दाले पत्रकारसँग कुराकानी गर्दै पुनस् नेपाल आउन पाएकोमा खुशी व्यक्त गरे । गतवर्ष उनी राजधानीमा भएको सम्पन्न भएको ‘एलजी सिने अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । उनले त्यतिबेला पनि नेपाल आफू नेपाल आउन पाउँदा खुशी लागेको बताएका थिए ।

गोविन्दाले महोत्सवका लागि आफूले निमन्त्रणा पाउँदा खुशी लागेको बताए । साथै उनले महोत्सवमा अतिथिको भूमिका निभाउने पनि बताए ।वीरगञ्जमा हुन लागेको ४ दिने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको बाक्लो उपस्थिति रहने जनाइएको छ । २१ गतेदेखि शुरु हुने महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।कार्यक्रममा बलिउड अभिनेता गोविन्दाले पनि प्रस्तुति बताइएको छ । योसँगै वीरगञ्ज केही दिन महोत्सवमय बन्ने भएको छ ।