टंकले भने चिटिक्कै परी बस’

प्रकाशित मिति:

काठमाडौँ –टंक बुढाथोकी र प्रचण्डकी नातिनी स्मिता दाहालको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।चिटिक्कै परी बस’ बोलको गीतमा सुनीता नेपालका शब्द छन् भने दिपक शर्माको संगीत छ । यस्तै गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा सरोज अधिकारी, आश्मा विश्वकर्मा, दीपिका कार्की लगायतले अभिनय गरेका छन् भने सरोज ओलीले भिडियोको निर्देशन गरेका हुन् ।रोमान्टिक गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने अर्जुन केसीले सम्पादन गरेका हुन् ।