पुसमा रिलिज हुने भयो स्वरुप र सुरक्षाको ‘सुस्केरा’

प्रकाशित मिति:

काठमाडौं-लामो समयदेखि प्रदर्शन हुन नसकेको चलचित्र ‘सुस्केरा’ को रिलिज मिति तय गरिएको छ । यो फिल्म आउँदो पुस १८ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।स्वरुप पुरुष ढकाल र सुरक्षा पन्तको शीर्ष भूमिका रहेको यो फिल्म छायांकनको झण्डै ३ वर्षपछि रिलिज हुन लागेको हो । यही फिल्मबाट सुरक्षा पन्तले नायिकामा कमब्याक गरेकी थिइन् । तर, फिल्म रिलिज नहुँदै सुरक्षाले अन्य फिल्ममा काम गरिन् । यता स्वरुपले पनि ‘छक्का पञ्जा २’ मा काम गरे ।

साम्तेन भुटियाकै लेखन समेत रहेको ‘सुस्केरा’ लाई एसपी ढकाल र सिके ढकालले निर्माण गरेका हुन् । प्रेमकथामा आधारित यो फिल्म अन्य लभस्टोरी फिल्मभन्दा भिन्दै भएको निर्माण टिमको दाबी छ ।फिल्मबाट शीर्ष भूमिका निभाएका स्वरुप पुरुष र सुरक्षा पनि आशावादी छन् । यो फिल्म प्राविधिक कारणले गर्दा ढिला प्रदर्शनमा आएको निर्देशक भुटियाले बताए ।