जीवन अमूल्य छ यसकारण बिमा महत्वपूर्ण छ

१९ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
44 Shares


हो जीवनको कुनै मूल्य छैन । किनकि मूल्य तिरेर जीवन पाइँदैन । त्यसैले जीवन अमूल्य छ । तर त्यही अमूल्य जीवनको रक्षा गर्न नसके पनि त्यसको जोखिम भने बीमाले अवश्य बहन गर्नेछ । कुनै पनि व्यक्तिका पछाडि ठूलो परिवार आश्रित हुनसक्छ । त्यही मुली व्यक्तिको तलमाथि भयो भने सिंगो परिवार लथालिंग बन्छ । हो त्यस्तै दुर्घटना र भवितव्यका लागि झनै महत्वपूर्ण हो बिमा । बीमाले जीवन नदिए पनि जीवन बाँकी रहेकाहरुलाई बाँच्ने आशा जगाउँछ । बीमा के कारणले महत्वपूर्ण छ भन्ने कुरा हामीले यहाँ प्रष्ट्याउन खोजेका छौं । बीमाको उत्पत्ति नै जोखिमको हस्तान्तरणका लागि भएको हो । जोखिमसँग प्रतिरक्षा गर्न बीमाले नै सहयोग गर्छ । यसरी बीमाको अंशलाई केलाउँदा भविष्यको बचत र मृत्युपश्चात् आफूमा आश्रित व्यक्तिहरूको आर्थिक सुरक्षाको लागि बीमा गरेको पाइन्छ र बढी सत्यता पनि यसैमा छ । जीवन बीमामा क्षतिपूर्तिको सिद्धान्त लागू हुँदैन किनकि जीवनको मूल्य छैन । यो अमूल्य छ तर निर्जीवन बीमामा जस्तै घर, गाडी, अफिस, सामान, स्वास्थ्यको बीमा गर्दा निश्चित क्षतिको पूर्ति वा बीमाङ्क रकमको पूर्ति गरिन्छ तर जीवनको मूल्य हालसम्म कसैले यकीन गरेको छैन । सबैलाई आफ्नो जिन्दगी अमूल्य छ ।त्यसैले जीवन बीमा नियमित बचत र मृत्युपर्यान्त आश्रितको सहारा बन्न सक्दछ तर व्यक्तिको बदला व्यक्ति दिन सक्दैन । तैपनि बीमाङ्क रकम बीमा गरेको रकम  बोनस यदि दुर्घटना भएमा र बीमा लेख खरिदमा उक्त सुविधा लिएमा दुर्घटना मत्यु लाभसमेत उपलब्ध गराउँदछ । यसरी उल्लेखनीय सुविधायुक्त बीमा भनेको दुर्घटना मृत्यु लाभलाई जीवन बीमा गर्दा सँगै गाभ्नुपर्दछ । जसले गर्दा व्यक्तिको मृत्यु नभई अङ्गभङ्ग भएमा, स्थायी अशक्तता भएमा जस्तै– दुवै खुट्टा नचल्ने भएमा, दुवै हात गुमेमा, दुवै आँखाको ज्योति गुमेमा बीमा कम्पनीले बीमित ९बीमा गर्ने व्यक्तिको मृत्युसरह मानेर सबै सुविधाहरू जस्तै– बीमा रकम, बोनस उपलब्ध किस्ताबन्दी रूपमा वा मासिक, वार्षिक रूपमा गराउँदछ र अब पछिको वा उप्रान्तकोे बीमा शुल्क पनि बुझाउनुपर्दैन । एक्काईसौँ शताब्दीको युग, सूचना प्रविधिको विकासले फड्को मारेको छ भने जोखिम त्यसैगरी बढेको छ । जहाँ आधुनिकता छ, त्यहाँ जोखिम बढी छ किनकि आधुनिकता कृत्रिम हुन्छ । बीमाको कानुनी मान्यता के छ भने वा बीमा ऐन २९४९ को दफा ३८ को उपदफा १ अनुसार बीमितको मृत्यु भएमा सबभन्दा नजिकको व्यक्तिले हकदारले बीमाङ्क रकम र आश्रित बोनस प्राप्त गर्दछ ।

यसरी उपर्युक्त कुराहरू अलवा सर्वोत्तम बचत, अनिवार्य बचत, आश्रितको भलाइ, ऋणभारको कमी, ऋण लिने सुविधाले गर्दा पनि जीवन बीमाको महत्व बढाएको छ ।जीवन बीमा शुल्क जुन तिरिन्छ, त्यो एक प्रकारको लगानी हो र निश्चित स्थानमा जम्मा हुन्छ । यसरी निरन्तर गरिएको जम्माले गर्दा बीमा क्षेत्रको लगानी र अन्य क्षेत्रको लगानीमा फरक पर्दछ किनकि एक किस्ता मात्र बीमा शुल्क तिरेर बीमा गर्ने व्यक्तिको मृत्यु भएमा बीमाङ्क रकम र बोनस बीमा गर्ने व्यक्तिको नजिकको हकदारलाई उपलब्ध गराइन्छ । जस्तै– २३ वर्षको व्यक्तिले ५ लाखको १५ वर्षे सावधिक जीवन बीमा गरेर त्रैमासिक रूपमा बीमा शुल्क बुझाउँदा सस्तो बीमादरको बीमा शुल्क लगभग ३४ हजार पर्न आउँछ । यदि त्यस व्यक्तिले बीमा शुल्क बुझाएर बीमा लेख जारी भएको केही समयमा नै मृत्यु भएमा इच्छाएको व्यक्ति वा सो नभए कानुनीरूपमा उसको नजिकको हकदारले पाँच लाख रूपैयाँ र बीमा कम्पनीको बोनस दर प्राप्त गर्दछ ।यदि त्यस व्यक्तिको दुर्घटनाबाट मृत्यु भएमा र दुर्घटना मृत्यु लाभ पाँच लाख नै बीमा लेखमा उल्लेख भएमा तथा बीमा कम्पनीको सरदर बोनसदार हजारमा ६५ कायम रहेको खण्डमा बीमितको आश्रितले १० लाख ३२ हजार पाँच सय प्राप्त गर्दछ । ट्रम राइडरको पनि त्यतिनै रकमको सुविधा लिएको भए १५ लाख ३२ हजार पाँचसय पाउँदछ । यसैले जीवन बीमाको महत्व प्रष्ट हुन्छ । यसरी यहाँ जीवन बीमाको प्रचलित बिक्री बीमा लेख र यसको परिधिको बारेमा उल्लेख गरियो । यदि त्यही व्यक्तिले सो ३४ हजार रूपैयाँ बैङ्कमा जम्मा गरेको खण्डमा र एक वर्ष पार गरेमा बचतको व्याज दर १० प्रतिशत कायम रहेमा उसको हकवालाले व्याजसहित ३४०००ं३४०० जम्मा अठ्तीस हजार चारसय मात्र पाउँथ्यो । यसरी बीमित वर्गले आफ्नो बीमाको महत्व आफैँ मूल्याङ्कन गर्न सक्नुहुने छ । त्यसैले यसलाई सर्वोत्तम बचत भनेर मान्न सकिन्छ । जीवन बीमाको अर्को महत्वपूर्ण व्यवहारिक पक्ष अनिवार्य बचत हो । यसले नियमित बीमा शुल्क बुझाउन प्रेरित गर्दछ । जुन गएर भविष्यको बृहत् बचत बन्न पुग्दछ । साथै, बचत गर्ने बानीको विकास गर्दछ । अनावश्यक खर्च गर्ने बानीमा सुधार ल्याउँछ । यो नै जीवन बीमाको अर्को महत्वपूर्ण पक्ष हो ।अर्को महत्वको विषय भनेको बीमा गर्ने व्यक्ति बीमा करार अवधिभित्रसम्म जीवित रहेमा उसैले र अवधिभित्र मृत्यु भएमा निजले इच्छाएको व्यक्ति, आश्रित वा कानुनीरूपले नजिकको हकदारले निश्चित

तोकिएको रकम लाभांशसहित प्राप्त गर्दछ, जसले गर्दा मूल व्यक्तिको विछोडमा पनि आश्रितहरूका लागि आर्थिक सुरक्षा प्रदान गरी बाँच्ने आधार सुनिश्चित हुन्छ ।बीमा गर्ने व्यक्तिलाई बीमा गरेको दुई वर्षपश्चात् आर्थिक सङ्कट परेमा बीमा गरेको प्रमाण पत्र ९बीमा लेख० धरौटी राखी ऋण लिने सुविधा बीमा कम्पनीहरूले दिएका छन् । यसरी ऋण लिँदा बीमा शुल्क बुझाएको ६५–८० प्रतिशतसम्ममा बीमा कम्पनीको आर्जित मुनाफाको आधारमा ९ सालाखाला० र बीमकअनुसार केही हेरफेर हुन सक्दछ वा समर्पण मूल्यको ९० प्रतिशतसम्ममा बीमितलाई ऋण उपलब्ध गराइन्छ । जसले बीमा शुल्क तिरेर आफ्नो घरायसी खर्च टर्न सक्दछ । यसरी बीमा लेख धरौटी राखी लिएको ऋण बीमितले आफ्नो इच्छाअनुसार रू। १०००, २०००, ५००० गरेर पनि तिर्न मिल्छ । बीमाको अवधि पूरा भएपछि ऋण रकम कट्टी गरी बाँकी रकम लिन पाउँदछ तर ऋणको व्याज पौष मसान्तभित्र र अषाढ मसान्तभित्र वर्षको दुई पटक बुझाउनुपर्दछ । साथै, बीमा शुल्क नियमित बुझाउन अनिवार्य छ । बीमा शुल्क बुझाउँदा थप ऋण लिन पनि सकिने छ । यसले गर्दा जीवन बीमा गर्ने व्यक्तिलाई ऋण लिन सक्ने सुविधा भएको स्पष्ट हुन्छ ।यहाँ बीमा शुल्क र यसको आर्थिक फाइदा तथा सोही रकम बैङ्कमा जम्मा गर्दा पाइने व्याजसहितको प्रतिफलको तुलना गरिएको छ । उदाहरणको लागि २४ वर्षीय व्यक्तिले सस्तो बीमादर रहेको बीमा कम्पनीमा ५ लाख रूपैयाँको १५ वर्षे सावधिक जीवन बीमा गराएमा र सोही बीमा शुल्क रकम प्रचलित बैङ्क दरमा वा औसत १० प्रतिशत व्याज प्रतिवर्षको दरले जम्मा गरेमा बैङ्कको बचत र व्याज तथा बीमा कम्पनीको शुल्क र मुनाफाको बीचमा तुलना गरिएको छ ।यी माथि उल्लेखित कुराहरूले जीवन बीमाको महत्व बढी जीवन्त बनाएको छ, जसले लगानीको सुनिश्चितता, आर्थिक सुरक्षा, पारिवारिक सन्तुष्टि, निश्चित बचत आदिको पूर्ण प्रत्याभूति दिएको छ । यहाँ बीमा गरेको व्यक्तिको रकम, शुल्क, आर्थिक फाइदा र सोही रकमको बैङ्कमा जम्मा रकम र व्याजको तुलना गरिसकिएको छ ।यहाँ बैङ्कमा जम्मा गरिने रकम र जीवन बीमा गरिएको रकमको जोखिम निवारणलगलयतका विषयमा तुलना गरियो । यहाँ निम्न र मध्यमवर्गीय व्यक्तिहरूका लागि बचत रकम बैङ्कमा बचत गर्नुभन्दा जीवन बीमा गरेर बीमा शुल्क नियमित तिर्दाको बृहत् अन्तर चलनचल्तीको प्रतिफल वा फाइदाको बारेमा प्रष्ट पारियो । हालका दिनहरूको शङ्का–उपशङ्का जुन बीमा कम्पनीहरूको बारेमा गरिन्छ, त्यसलाई यसले छर्लङ्ग पारिदिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया