भैंसी र राँगाको हड्डी तथा छाला जलाउने ३ जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं-काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा राँगा तथा भैँसीको हड्डी र छाला जलाएर प्रदुषण फैलाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत्त सातदोबाटोको टोलीले नख्खु खोलाबाट भैँसी र राँगाको हड्डी तथा छाला जलाइराखेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतको दिल्ली घर भई हाल सुनाकोठी बस्ने २८ वर्षीय शाजिद मुस्लिम, १९ वर्षका फेसल मुस्लिम र ४८ वर्षीय राजेश शेर्पा छन् ।

सामान्य सोधपुछपछि उनीहरुलाई ललितपुर महानगरपालिकामा पठाइएको छ । स्थानीय तहको क्षेत्राधिकार पर्ने भएकाले महानगरलाई बुझाइएको प्रहरीको भनाइ छ ।केही दिनयता ललितपुर र काठमाडौंका विभिन्न क्षेत्रबाट रातको समयमा अस्वभाविक रुपमा दुर्गन्ध आउन थालेपछि सर्वसाधारणले प्रहरीसमक्ष गुनासो गरेका थिए ।सर्वसाधारणको गुनासो बढ्दै गएपछि प्रहरीले दुर्गन्धको कारण खोज्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।