पानीपत’ ट्रेलरमा अर्जुन र सञ्जयबीच घमासान युद्ध

१९ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
54 Shares


एजेन्सी-अर्जुन कपूर, सञ्जय दत्त, कृति सेनन स्टारर फिल्म ‘पानीपत’ को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । आशुतोष गोवारिकरले निर्देशन गरेको फिल्मको ट्रेलरमा जबरजस्त एक्सन देख्न पाइन्छ । ट्रेलरमा अर्जुन र कृतिको केमेस्ट्री पनि देखाइएको छ । दमदार डाइलगले भरिएको ट्रेलरमा सञ्जय दत्तलाई खतरनाक अवतारमा देख्न सकिन्छ । फिल्ममा उनी नेगेटिभ रोलमा छन् । अर्जुनले फिल्ममा सदाशिव राव भाऊको भूमिका निभाएका छन् । जो पेशवा बाजीराव प्रथमका भतिज थिए र पानीपतको तेस्रो लडाईंमा मराठा सेनाको सरदार सेनापतिकोे रुपमा सेवारत थिए । फिल्मका लागि उनले आफ्नो शिर मुण्डन गरेका थिए । फिल्ममा सञ्जय दत्त अहमद शाह अब्दालीको भूमिकामा छन् भने कृतिले मराठा महारानीको भूमिका निभाएकी छन् ।

यो फिल्म पानीपतको तेस्रो लडाईंमा आधारित छ । जुन अब्दाली र मराठाबीच १४ जनवरी १७६१ मा लडिएको थियो । यसलाई १८औं शताब्दीको सबैभन्दा महत्त्वपूर्ण लडाईंमध्ये एक मानिन्छ । फिल्ममा सञ्जय दत्त अफगानिस्तानको एक क्रूर राजाको भूमिकामा छन् । ६ डिसेम्बरमा रिलिज हुन लागेको यो फिल्ममा मोहनीश बहल र जीनत अमानको पनि प्रमुख भूमिका छ ।
‘पानीपत’ लाई लिएर अभिनेता अर्जुन कपूर निकै उत्साहित छन् । एक अन्तर्वार्ताको क्रममा उनले आफूलाई पीरियड ड्रामाको हिस्सा बन्ने इच्छा रहेको बताएका थिए । ‘पानीपत’ बाट उनको सपना पूरा भएको छ । सञ्जयले यो फिल्मका लागि निकै हेवी कस्ट्यूम लगाएका छन् । छायांकनको बेलादेखि नै चर्चामा रहेको फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्ने अनुमान गरिएको छ । ट्रेलर हेर्नुहोस् 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मेयरले नै राहात कोषमा तवल जम्मा गरेपछि…….
  • उवासंघ नवलपरासीद्धारा सस्तो घुम्ती पसलबाट सेवा प्रदान
  • कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? : डा.…
  • प्रधानमन्त्रीका आइटी विज्ञले अनलाईन नियन्त्रणमा लिएर समाचार हटाएको आरोप
  • सिमानाकामा अलपत्रको उद्धार गर– कांग्रेस रुपन्देही
  • कारोना अस्पताल मृत्यु प्रकरण:पिडित परिवारलाई क्षतिपुर्ति दिन तरुण दलको माग
  • मौरी किसानलाई सवारी पास उपलब्ध गराउन सर्लाहीकामौरी किसानले माग
  • मजदुरहरुलाई राहात दिन उवासंघले सञ्चालन गरयो राहात कोष
  • मृतक थापाका परिवारलाई उचित क्षतिपुर्ती प्रदान गर्न तरुण दल रुपन्देहीको…
  • एलिजाले दिइन् यस्तो कडा जवाफ