गलकोटमा निःशुल्क आँखा शिविर सम्पन्न करिव ढाइ सय स्थानीयहरु लाभान्वित

१९ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री/बागलुङ गलकोट नगरपालिका ७ मल्ममा १ दिने निशुल्क आँखा शिविर आज सम्पन्न भएको छ ।सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजना, वडा नं ७ को समन्वय तथा गलकोट अप्टिकल आँखा उपचार केन्द्र हटियाको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो । मल्म सप्ताहघाटमा सञ्चालन भएको शिविरमा २ सय ४४ जनाले निशुल्क आँखा चेक जाँच गराएका छन ।शिविरमा १८ जनामा मोतिया विन्दु, २ जनामा जलविन्दु र १ सय ४० जनामा दृष्टि दोष र अन्यमा सामान्य समस्या रहेको दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्रीले जानकारी दिए ।शिविरमा मोतिया विन्दुलाई आवश्यक परामर्श गरि शल्यक्रिया गर्न विरामीलाई सुझाव दिईएको विशेषज्ञ खत्रीले बताए । त्यस्तै दृष्टि दोष भएकाहरुलाई आँखा जाँच गरी चश्मा वितरण गरिएको छ भनें अन्य सामान्य समस्या भएकाहरुलाई आवश्यक औषधी निःशुल्क प्रदान गरिएको थियो ।ग्रामीण क्षेत्रका जनताको आँखाको समस्यालाई मध्यनजर गरि निशुल्क आँखा शिविर

सञ्चालन गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए । शिवर सञ्चालनको लागि गलकोट नगरपालिका ७ मल्म आँगाखेत हाल जापानमा कार्यरत दिदी भाई सुवास खत्री र शोभा खत्रीले प्रायोजन स्वरुप नगद रु २० हजार सहयोग प्रदान गरेका थिए ।शिविर गलकोट नगरपालिका वडा नं ७ को समन्वय र गलकोट अप्टिकल आँखा उपचार केन्द्र हटियाको सहकार्य रहेको थियो । सामाजिक संस्थाले स्थानीय स्तरमा निःशुल्क शिविर सञ्चालन गरिनुले आम नागरिकको आँखा जस्तो संवेदनशिल अंगको लागि परोपकारी काम भएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए ।घर आँगनीमा निशुल्क आँखा शिविर सञ्चालनले आफुहरुलाई राहत मिलेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन । निःशुल्क स्वास्थ्य शिविरमा मल्म स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले आवश्यक सहयोग गरेका थिए । शिविरमा दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्री, अप्टिसियन उदय खडका र व्यवस्थापनमा सहयोग पुराउनु भएका सन्त बहादुर खत्रीलाई स्वागत तथा सम्मान गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया