उपनिर्वाचनको मनोनयनपत्र दर्ता बिहीबारदेखि

१९ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
20 Shares


काठमाडौँ –आगामी मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ ।प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्यनिर्वाचन अधिकृतको कार्यालय, जिल्लाको सदरमुकाममा र स्थानीय तह को हकमा कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन निर्देशिका, २०७६ को दफा २२ को अनुसूची–५ र स्थानीय तहका लागि स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ५ को अनुसूची–१ बमोजिमको ढाँचामा मनोनयनपत्र दाखिला गर्नुपर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि
  • सर्वसाधारणले अव आइपीओ न्यूनतम ५० कित्ता पाउने
  • रिलायन्स लाइफ इन्सुरेन्सको ६३ करोडको आइपीओ आउदै
  • ब्रोकरमा राखेको धरौटी रकममा अब लगानीकर्ताले ब्याज पाउने
  • कोरोना महामारी नियन्त्रणका लागि सबै एकजुट होऔंः मन्त्री बराल