असोज १९ गतेबाट बुटवलमा प्रर्दशनी

प्रकाशित मिति:

बुटवल २० भदौ । स्वाधिन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिक तथा व्यापार विविधिकरण भन्ने मुल नाराका साथ असोज १९ गतेबाट २८ गते सम्म बुटवलमा ओद्योगिक प्रर्दशनी हुने भएको छ । प्रर्दशनीमा ४ सय स्टल सहभागी गराईने छ ।

साना व्यवसायी र उद्योगीहरुका सामनहरुको प्रदर्शन गर्नुका साथै नेपालीहरुको महान पर्व दशैको मुखमा हुन लागेको मेलाबाट दर्शकले दैनिक उपभोग्यका सामानहरु सस्तो मुल्यमा खरिद गर्न सकुन भन्ने मुख्य उदेश्य रहेको उद्योग व्यापार संगठन संघ बुटवलका अध्यक्ष प्रविनबहादुर पाठकले जानकारी दिए ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले २०७२ सालको भुकम्पले ढलेको धरहरा र काठमाडौमा रहेको रानीपोखरीको अवलोकन दर्शनले गर्न पाउने बताए । धरहरा हेर्न मात्र नभई दर्शकले नौतला माथि पुगेर अवलोक गर्न सकिने खालको निर्माण हुने जानकारी दिए । मेलामा करिव १५ देखि २० करोड सम्मको कारोवार गर्ने र ३ लाख दर्शक भित्राउने लक्ष्य लिएको संघका अध्यक्ष पाठकले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि सी , उद्योग व्यापार संघ बुटवल उपाध्यक्ष तथा सास्कृतिक कार्यक्रम संयोजक सिताराम रसाईली , उद्योग व्यापार संगठन संघ बुटवलका उपाध्यक्ष गोविन्द्र गैरे, प्रचार प्रसार उप समिति संयोजक नेत्र रुचाल लगायतले बोलेका थिए ।

प्रदर्शनी उद्योग व्यापार संघ बुटवल, नेपाल राष्ट्रिय व्यापार संगठन केन्द्रिय कार्यालय काठमाडौको आयोजना र जिल्ला समन्वय समिति रुपन्देही र बुटवल उपमहानगरपालिकाको सहआयोजनामा प्रदर्शनी हुने भएको हो ।

१ सय ५० सदस्यीय मुल आयोजक समिति, ५० सदस्यीय सल्लाहकार समिति तथा विभिन्न १६ वटा उप समिति गठन गरी तयारी तिव्र पारिएको संघका निवर्तमान अध्यक्ष खेम श्रीसले जानकारी दिए ।

प्रर्दशनी स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरी सरसफाइ, स्टल निर्मााणको काम शुरु गरिएको प्रचार प्रसार संयोजक रुचालले बताए ।