जब सांसद र जनप्रतिनिधिलाई पानीका गाग्री बोकाइयो…

प्रकाशित मिति:

हेटौँडा – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा ८ स्थित महांकाल बस्तीमा विद्यालय हस्तान्तर कार्यक्रम थियो । अतिथि थिए प्रदेश नं ३ का सांसद, गाउँपालिका अध्यक्ष र वडाध्यक्ष । स्थानीयबासिन्दालाई त्यो क्षेत्रमा पानीको समस्याले वर्षोंसम्म डोकोमा गाग्री राखेर पानीको भारी बोक्नु कम्ति सकय थिएन । उनीहरूले नया निर्मित विद्यालय हस्तान्तर गर्न त्यहाँ पुगेका जनप्रनिधिलाई आफ्नो समस्याबारे बोध गराउन नयाँ तरिका सुझाए । पानीले भरिएका गाग्री डोकोमा राखेर आफूले जस्तै हिँडाउने । स्थानीय जनज्योति प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्न पुग्नु भएका प्रदेश नं ३ का सांसद सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, ८ नं वडा अध्यक्ष रामकृष्ण प्रजा, ९ नं वडा अध्यक्ष रामकुमार थिङ, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने र नेकपा राक्सिराङका अध्यक्ष हस्तबहादुर मुक्तानले स्थानीयको आग्रह टार्न सक्नु भएन र डोको पानी भरेर राखिएको गाग्री बोक्नु भयो ।

आयोजक जनज्योति प्राथमिक विद्यालय व्यवस्थापन समितिले प्रमुख अतिथि सांसद चेपाङसहित सबै अतिथिहरूलाई विद्यालयमा पानीको समस्या रहेको दर्शाउनका लागि सांकेतिक रुपमा गाग्री बोकाएको समितिका अध्यक्ष जयबहादुर तितुङले बताउनुभयो ।
भवन हस्तान्तरण कार्यक्रमको उद्घाटनका सांसद र जनप्रतिनिधिहरुालई गाग्रीमा पानी बोकाउँदा स्थानीयबासिन्दा हाँसेका थिए । अतिथिले पानी भरिएको गाग्री डोकोमा राखेर एकसय मिटर पर सम्म पु¥याउनु भएको थियो । ‘हामी दैनिक यसैगरी डोकोमा पानी बोक्न बाध्य छौँ’, तितुङले भन्नुभयो–‘यस्तो विकराल पानीको समस्या समाधानका लागि पाहूनाहरुलाई गाग्रीको डोको बोकाउनुप¥यो ।’
गाग्रीभरि पानीसहितको डोको बोकेर जनज्योति प्राथमिक विद्यालयमा आइपुग्नु भएका अतिथिले पानीको समस्या समाधान चालू आर्थिक बर्षभित्रै गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

‘यो अत्यन्तै सिर्जनात्मक ढंगले जनताले आफ्ना आवश्यकता माग गर्नु भएको छ’, गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भन्नुभयो–‘हामीले चालू आर्थिक बर्षमै खानेपानी समस्या समाधान गर्नेछौँ ।’ यसअघि प्रदेश सरकारमा पनि खानेपानीका लागि पहल गरेको भए पनि प्रक्रियामा रहेको सांसद सन्तबहादुर चेपाङले जानकारी दिनुभयो । महांकाल बस्तीका २२ घर परिवार तथा विद्यालय खानेपानीको समस्याबाट बर्षाैदेखि आक्रान्त छन् । यहाँका महिलाहरु बिहान झिसमिसेमै ठाडो उकालो÷ओरालो गर्दै दुई घण्टा हिँडेर बैद्य खोलामा पुगी डोकोमा गाग्री हालेर पानी ल्याउने गर्छन् । – गोरखापत्र