तनाब, जटिलता र सकारात्मक सोंच

सबल कर्नर

प्रकाशित मिति:

प्रेम पुन्थोकी

सबल कर्नरको यो शृङ्खला लेखिरहदा बाल हिंसा र बाल श्रमशोषण माथि बनाइएको एक हिन्दी टेलिसिरियलका केही अंक हेरिरहेको छु । एउटी सानी बालिकालाई प्रमुख पात्र बनाएर यातनासग जुध्न र संभावनालाई भेट्न कसरी सकिन्छ भन्ने कुराको सन्देश यसमा छ । टेलिसिरियलमा यसका प्रमुख पात्र ति बालिका सकारात्मक र चलाखीपुर्ण तरिकाले हरेक अफ्ठ्याराहरुलनाई चिर्दै लगेको देखिन्छ यसको ठ्याक्कै फरक केही दिन अघि सुदूरपश्चिमका चार जना किशोरीहरु बिद्यालय स्तरको परिक्षामा असफल भएको भन्दै आत्महत्या गरे । कुनै बिद्वानले कतै भनेकाछन्– आत्महत्या अस्थाई समस्याको स्थायी समाधान हो ।

घटना आफैमा दुखद् छ पर्दा पछाडिका कारणहरु सम्बन्धित पक्षले खोज्न सक्नुपर्छ किनकी यो हाम्रो परिभेषमा यो नौलो घटना हैन तर यस सन्दर्भसग जोडेर हेर्दा कुनै समस्याबाट पार पाउनको लागि आत्महत्याको बाटो रोज्नेहरु अबका कुनै सफलता अथवा असफलता केही पनि भेट्ने छैनन् । सामान्यत कुनै कुरामा लिने तनावलाई नियन्त्रण गर्न नसक्दा यस्ता घटना हुन्छन् । हाम्रो सामाजिक संस्कारमा हामीलाई हाम्रो पाइलै पिच्छे यस्ता परिक्षाहरु छन् र ति परिक्षाहरुमा दैनिक सफल असफल भैरहेका छौं भन्ने कुराहरु सिकाएको छैन । आज सम्म सफल भएकाहरुको सिकाइले भन्छ– जीवनको शुरु देखी अन्त्य सम्म नै कोशिष र गल्तीले भरिएको छ ,तिनै कमजोरीहरुले हामीलाई बलियो र सिपालु बनाउछ ।
कुनै कुरामा आफै जुध्न र भोग्न सक्यौं भने एक पटकको कमजोरी दोस्रो पटक सायदै देखिन्छ । कुनै कुरा गर्दा भेटिने कमजोरीहरु सग डराउनु अथवा भाग्नु हाम्रो मुर्खता हो । सबैसग सबै खालको सिप र क्षमता हुन्न तर कुनै न कुनै सिप तथा क्षमता नभएको पनि कोही हुन्न, निरन्तरताले जो जसस“ग जे क्षमता छ त्यसलाई निखार्न र तिखार्न मद्धत गर्छ जुन कुरा आफुसग छैन त्यो कुरा प्राप्ति हुन्छ । अर्को कुरा कुनै पनि योजनामा सफल बन्नका लागि सिप तथा बिचार साझेदारीको आवश्यकता महत्वपुर्ण मानिन्छ ।

हामी यहा कोही एक्लो छैनौं, हाम्रो वरपर कोही न कोही छ, यदि एक्लो महसुस गरेका छौं भने त्यो हाम्रो कमजोरी हो । कुरा माथि नै आइसक्यो जब केही न केही क्षमता हरेकमा छ भनिन्छ भने हाम्रो वरपर भएकाहरु सग भएकोे क्षमता आपसमा बाड्न या प्रयोग गर्न किन पछाडि पर्ने ? सकारात्मक बन्न सके हाम्रा वरपर सबै संभावनै संभावना छ , स्रोतको खानी छ , त्यसको पहिचान हाम्रो सृजनशिलता, ग्रहण गर्ने क्षमता र प्रयत्नले संभव गराउछ ।
यति भनिरहदा हाम्रा वरपर भएका संभावनाहरु सबै राम्रा र हितकारी छैनन् । हामी भोग्दै आएका व्याक्ति ,सामाजिक व्यवहार, चलन, संस्कार पनि सबै राम्रा र ग्रहणयोग्य छन् भन्ने हैन यस्तो अबस्थामा हाम्रो कौशलताले यहि कुरालाई छान्न सक्नुपर्छ । हरेक अफ्ठ्याराहरुका सकरात्मक बन्न सके धेरै समस्याबाट पार पाउन सकिन्छ, सकारात्मक सोंचको अवधारणाले भन्छ तनावस“ग भाग्ने हैन जुध्ने सहास गरौं । हामी धेरैले तनाव नियन्त्रणको लागि गलत क्रियाकलापमा संलग्न हुन्छौं । अकस्मात लिएको सामान्य निर्णय जीवनमा जटिल परिस्थितिको सृजना भैरहेको हुन्छ । धेरै तथ्यहरुले प्रमाणित गरेको छ, कुनै पनि काममा सफल हुनेहरु परिस्थिति प्रति सकारात्मक बनेर र सकारात्मक सोंचलाई पक्डिएर अगाडि बढेर सफल भएकाछन् ।
कुनै पनि सन्दर्भमा सकारात्मक सोंचका साथ फरक खालको निर्णय लिन र बिचार दिन सकौं । खोजले भनेको छ सकारात्मक सोंचले तनावबाट मुक्ति मात्र हैन दीर्ध आयु शारिरिक र मानसिक तन्दरुस्तता सगै खुसी पनि दिन्छ । सकारात्मक अवधारणाले भन्दछ कसै माथि सकरात्मक बन्नु भन्दा पहिले आफु आफै प्रति सकारात्मक बन्न सके सबै आफै सकारात्मक बन्न सहयोग पुग्छ । जव हामी आफु हुनुको अर्थ भेट्छौं आफ्नो महत्व सम्झन्छौं तब खुसी र सुखी रहन्छौं । सकारात्मक बनौं सकारात्मक सोचौं र सकारात्मक काम गरौं ।