‘प्रदेश ५ को राजधानी दाङ नै हो’ – प्रचण्ड

प्रकाशित मिति:

दाङ – पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच नम्बर प्रदेशको राजधानी दाङ नै बन्ने दाबि गरेका छन् ।आज दाङमा पत्रकारसँग कुराकानी गर्दै उनले पाँच नम्बर प्रदेशको राजधानी दाङ हुने प्रष्ट पारे । राजजनीतिक परिबर्तनमा दाङल अग्रणी भूमिका निर्बाह गरेकोे स्मरण गर्दै उनले प्रदेश ५ को केन्द्र निर्माणका लागि दाङ नै उपयुक्त भएको बताए । उनले भने—‘सबैलाई पायक पर्ने ठाउँमा राजधानी बनाउनुपर्छ भनेर मैले पहिला देखि नै भन्दै आएको हु,’सबैलाई पायक पर्ने ठाउ भनेको यही (दाङ) नै हो । हिजाको आन्दोलन, त्याग र बलिदानको हिसावले पनि दाङको योगदान धेरै छ ।’

दाङलाई नै पाँच नम्बर प्रदेशको केन्द्र बनाउने विषयमा आफू र प्रधानमन्त्री केपी ओली सकारात्मक रहेको बताए । दाङ पुग्दा आफुलाइ न्यायो अनुभूति हुने गरेको भन्दै उनले बिकासका लागि दाङले सकारात्कम फड्को मारेको समेत बताए । उपनिर्वाचनतिर सरकारको ध्यान गएको भन्दै उनले चुनाब सफल बनाउनुपर्ने बताए । प्रदेश प्रमुखको पदमुक्त र नियुक्ती स्वभाबिक प्रकृया भित्रै पर्ने उनको भनाइ थियो ।