मुस्लिम युथ क्लब अफ बुटवलको अध्यक्षमा हकिम मियां

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – मुस्लिम युथ क्लब अफ बुटवलको पुनर्गठन भएको छ । संस्थापक अध्यक्ष तथा पुर्ब अध्यक्षको मातहतमा सम्पन्न गरिएको मुस्लिम युवा क्लबको साधारण सभाबाट निर्बीरोध रुपमा नयाँँ नेत्रुत्वको अध्यक्षमा हकिम वारसी मियां  चयन भएका छन । सामाजिक कार्यमा अग्रसर मिया मुस्लिम युवाहरुका ढुकढुकी समेत रहेका छ ।  त्यस्तै उपाध्यक्षमा जमिर मिया सचिब अब्दुल रज्जाक सह-सचिब अमजद अली कोषाध्यक्ष असरफ खान सदस्यहरुमा जावद खान ,सानीस खान ,मेराज अहुमद , हसिमुन वारसी,हुस्ना बानु, अदिल खान , अजिज हुसैन , अमन खान ,सस्तम खान , साजिद खान , आसिफ खान ,अमिर मियां ,अनिस खान रहनुभएको छ ।

कार्यक्रममा मुस्लिम युथ क्लब अफ बुटवलका संस्थापक अध्यक्ष मोहम्मेद सलमान  पूर्व अध्यक्ष अजिज बख्स,बरीस्ठ उपाध्यक्ष फैयज मिया लगायतको उपस्थिती रहेको थियो । उहाँहरु क्लबलाई संरक्षण र प्रबर्धनमा सदैब जुट्नु भएको थियो ।

साथै पुनर्गठित क्लबले ईस्लाम धर्मका पैगम्बर मोहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९४ औँ जन्मदिनको पावन अवसरमा मानब सेवा आश्रम सुख्खानगरमा भोली बिहीवार बिहान ९ बजे खाद्यान्न बितरण समेत गर्न लागेको अध्यक्ष मियाले सबलपोस्टलाई जानकारी गराउनुभयो ।