बुद्धभुमि नगरपालिकामा विवादै विवाद , एक हप्तामै सरुवा भएका प्रशासकीय अधिकृत फिर्ता

प्रकाशित मिति:

सबलपोष्ट ब्युरो / बुटवल – कपिलवस्तुको बुद्धभुमि नगरपालीकाका नगरप्रमुख सहित अन्य जनप्रतिनिधीले प्रमुख प्रशासकीय अधिकृतका कारण काम गर्न समस्या भएको गुनासो गरेका छन् । भदौ ३१ गतेको निर्णयबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या पुन : थमौती लिएर एक सातामै नगरमा आएपछि जनप्रतिनिधी र नगरका कर्मचारीलाई काम गर्न समस्या भएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । पाध्या २ वर्षको कार्यकालपछि सरुवा भएर गएपनि एक सातामै आएपछि पुरानै समस्या दोहोरिएको छ ,उनले भने । कर्मचारी र जनप्रतिनिधिबीच एक आपसमा द्धन्द सृजना गरेको आरोप नगर प्रमुखको छ । बुद्धभूमि नगरपालिकामा स्थानीय तहको निर्वाचन पछि पाध्या प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा थिए । पछि उनको कैलाली सरुवा भयो । पछि पुनः थमौती लिएर बुद्धभूमिमै आए यहां दुई वर्ष बिताए । अहिले मन्त्रालयले सरुवा गरेर रुकुम पश्चिम पठाएको थियो । उनी त्यहंँ नगई राजनीतिक दबाबबाट थमौती लिएर फेरी बुद्धभूमि आएका छन् , नगर प्रमुख श्रेष्ठले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा पठाएको व्यक्तिलाई एक हप्तामै थमौती दिएर कर्मचारी र जनप्रतिनिधिबीच द्धन्द बढाउने काम भएको प्रमुख श्रेष्ठले गुनासो गरेका छन् । उनका अनुसार असोज १३ गते थमौतीको पत्र आएपछि १४ गते कार्यपालीकाको आकष्मिक बैठक बसी कात्तीकको दोस्रोहप्तासम्म वैकल्पिक बाटो खोजेर अन्यत्र जाने र यहां बसेर द्धन्द सृजना गर्न नपाइने भनी निर्णय गरि मन्त्रालय सचिवलाई पठाईको थियो । तर त्यसको सुनुवाई अहिलेसम्म भएको छैन । प्रमुख प्रशासकीय अधिकृत कार्यालय पनि नगएको र उनको कार्यकक्षमा असन्तुष्ट भई जनप्रतिनिधीले ताला लगाईदिएका छन् । त्यतीमात्र नभई कात्तीक १४ गते स्थानीय वृद्धवृद्धालाई नगरमा ल्याई नगरप्रमुखले भत्ता रोकेको आरोप लगाउने भुमिकामा पाध्याले चलखेल गरेपनि पाध्याकै कारण रोकिन पुगेको बताए । चौमासिकमा दिइने भत्ता बैंकिङ प्रणालीबाट जम्मा हुनेभएकाले नगरबाट दिने प्रकृया नरहेको उनले स्पष्ट पारे । नगर प्रमुख श्रेष्ठले जनप्रतिनिधिले चेकमा हस्ताक्षर नगर्ने भन्दै वृद्धभत्ता दशै अगावै दिनुपर्छ भनेर आफुले पहल गरेको बताए । दशैंको तलबभत्ता निकल््न सक्ने पाध्याले वृद्धभत्ता किन दिन सक्दैनन् उनले भने, नगरपालिकालाई असफल पार्ने उद्धेश्य यो भन्दा अर्को के हुन सक्छ । भत्ता पाध्याले चाहे जति बेला पनि दिन सकिने बताएका छन् ।

भत्ता पाउनमा सहज होस भनेर आफुले बैंकसंग पहल गरेको पनि उनले बताए । मन्त्रालयमा सचिवसंग काममा तालमेल मिलेन भने सचिव फेर्ने अधिकार मन्त्रीको हुने उदाहरण दिंदै काममा जुन कर्मचारीबाट सहज हुन्छ त्यसबाट काम गराउनु सामान्य प्रक्रिया हो , यसमा राजनीतिक गन्धको आवश्यकता पर्दैन क्षेष्ठले भने । कर्मचारी सरुवालाई भष्ट्रचार गर्न नपाएर हो भन्ने जस्ता गलत अभिव्यक्ति दिएर गिराउने काम कसैबाट गर्न नहुने उनले बताए ।  त्यस्तै वडा–१ भेलाईका अध्यक्ष तेजबहादुर बस्नेतले प्रमुख प्रशासकीय अधिकृतको कामबाट आफुहरु सन्तुष्ट नभएको बताए । गृहमा काम गरेर आएका अधिकृतलाई नगरमा त्यती जानकारी पनि थिएन, समयमा कार्यालय नआउने, आएपनि धेरैबेर नबस्ने क्रम चलिरह्यो, उनले भने । उनले ई हाजिरीको माध्यमबाट समाधान गर्ने भनी मेशिन मात्र राखिएको र सदुपयोग गर्न अधिकृतले नै नगरेको आरोप लगाए । ई हाजिरीको माध्यमबाट प्रशासकीय अधिकृतको हाजिरी र कामबारे जानकारी दिन मिल्ने भएकाले उनले नै त्यसको उपयोग गर्नबाट रोकेको बताए ।

जनप्रतिनिधीलाई उपेक्षा गर्दै कर्मचारी र जनप्रतिनिधीबीच द्धन्द सृजना गर्नसमेत अग्रसर भएको बताए ।यता वडा– ३ का अध्यक्ष गोविन्दप्रसाद आचार्यले भने प्रमुख प्रशासकीय अधिकृतको समयसिमा नपुग्दै सरुवा भएकाले पुन ः थमौती भएर आएको बताए । उनले नगर प्रमुखको राजनितीक धरातलकै कारण प्रमुख प्रशासकीय अधिकृतको कक्षमा तालाबन्दी भएकाले उनी कार्यालय आउने र फर्कने काम गरेको बताए । कर्मचारीले समेत नगर प्रमुखको दबाबमा काम गर्नुपरेको आरोप उनको छ ।यता प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले भने आफु अन्यायमा परेको बताउंदै संघीय सरकारले जतापठायो उतै जाने कर्मचारी भएकाले बुद्धभूमि नगरपालिका मै सरुवा भई आएको बताए । नगरप्रमुख र केही जनप्रतिनिधी एउटै राजनितीक खेमाका भएकाले आफ्नो र लेखापालको कार्यकक्षमा तालाबन्दी गरी काम गर्न नदिएको बताए ।बुद्धभुमिमा मेघनाथको सरुवापछि आएका शेषकान्त पौडेल एक हप्तामै त्यहांबाट सरुवा भएर पुन : पाध्या आएका थिए । शेषकान्तको एक महिनामै ४ ठाउं सरुवा भइसकेको छ ।

थप समाचार