बलात्कारको विरोध स्वरुप संचारिकाद्धारा हस्ताक्षर संकलन अभियान

प्रकाशित मिति:

पछिल्लो समय दिनप्रतिदिन बढिरहेको बलात्कारका घटना न्युनीकरणका लागी सरकारलाई दबाब सिर्जना गर्न सञ्चारीका समुह लुम्बिनीले बुटवलमा हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।
बिहिबार बुटवलको पुस्पलाल पार्कमा बिहान ११ बजेदेखी दिउँसो २ बजेसम्म हस्ताक्षर संकलन गरीएको थियो ।
सञ्चारीका समुह लुम्बिनी अध्यक्ष अमृता अनमोलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिले महिलाहरुको ईज्जत गर्नुपर्ने भएपनि अझै चेतनाको अभाव या अन्य कारणले गर्दा महिलाहरु बलात्कृत हुन नरोकीनु लाजको कुरा भएको बताए । उनले यस्ता दबाबमुलक क्रियाकलापहरु निरन्तर गर्दै जानुपर्ने बताए ।
कार्यक्रममा सञ्चारीका कि उपाध्यक्ष निरु गौतमले उपस्थीत भएर सहकार्य गरेकोमा धन्यवाद ज्ञापन गरेकी थिईन् ।
बुटवलमा भएको कार्यक्रममा १ हजार जनाले हस्ताक्षर गरेका थिए । संकलन गरीएको हस्ताक्षर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम रहेको सञ्चारीका समुह लुम्बिनीकी अध्यक्ष अनमोलले जानकारी दिईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही, अन्तर पार्टी महिला सञ्जाल तिलोत्तम नगरपालिका, दलित महिला संघ(फेडो), बुटवल महिला जेसिज, स्वतन्त्र बिकास समाज, रेडियो मुक्ति, रेडियो रिपब्लीक , सिद्वार्थ सामुदायीक समाज, सेलर्ड रुपन्देही, कदम नेपाल, लगायतका संस्थाहरुले ऐकेबद्वता जनाएका थिए ।