बञ्चरो प्रहारबाट महिलाको मृत्यु

प्रकाशित मिति:

गोलबजार– सिरहाको कर्जन्हा नगरपालिका–२ की २६ वर्षीया कविता पासवानको बञ्चरो प्रहारबाट मृत्यु भएको छ ।

घरायसी विवादका कारण आफ्नै श्रीमान रामबाबु पासवानले बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी कविताको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बञ्चरो प्रहार गर्ने रामबाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेका रामबाबुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।