इनरह्लि क्ल्व अफ बुटवलको अयोजनामा बुटवलमा चित्रकला प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

इनरह्लि क्ल्व अफ बुटवलको अयोजनामा बुटवलमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । तिलोत्तमा माविमा भएको प्रतियोगितामा १७ जना बिद्ययार्थीले प्रतियोगितामा भाग लिएका थिए । जुनियर र शिनियर दुई बिधामा भएको प्रतियोगितामा छात्रामात्र शहभागी थिए ।

प्रतियोगिताको जुनियर तर्फ कक्षा ६ की अर्पर्णा चौधरी प्रथम, कक्षा ६ कै प्रितिकुमारी शाह द्धितिय र कक्षा ४ की सबिता ठाकुर तृतिय भईन । शिनियर तर्फ कक्षा ७ मा अध्यनरत सरिता माझी प्रथम, कक्षा ८ मा अध्यनरत पुजा मगर द्धितिय र कक्षा ९ की बिष्णु दर्जी तृतिय भईन ।

बालमैत्रि बिद्ययालय बिषयमा भएको चित्रकला प्रतियोगितामा बालमैत्रि बिद्ययालयमा हुनुपर्ने भौतिक पूर्वाधार र पठनपाठन झल्कीने चित्र बनाएका थिए । भाद्र २९ गतेको राष्ट्रिय बालदिवशको सन्र्दभ पारेर क्लवले प्रतियोगिताको अयोजना गरेको हो ।

प्रतियोगितामा उत्कृष्ट हुने र सहभागिलाई पुरस्कार स्वरुप झोला, कापी, कलम, ,ज्योमिट्रीबक्स प्रदान गरिउको थियो । तिलोत्तमा माध्यामिक बिद्ययालयका प्रधानाध्यापक ईश्वरी प्रसाद रेग्मी, इनरह्लि क्ल्व अफ बुटवलकी अध्यक्ष मुना जोशी, र्पू अध्यक्ष हरु मिरा ओझा, शशी श्रेष्ठ, भारति जोशीले पुरस्कार बितरण गरेका थिए । छात्राहरुको क्षमता प्रष्फुटन गर्ने उदेश्यले बिद्ययालय स्तरको चित्रका प्रतियोगिता अयोनजा गरिएको कार्यक्रम संयोजक मिना गौतमले बताईन् । क्लव सचिव यमुना श्रेष्ठको संचालनमा कार्यक्रम भएको थियो ।