बाग्लुङमा उप–निर्वाचनका लागि कांग्रेसबाट शेरचन लड्दै

प्रकाशित मिति:

बागलुङ – आगामी मसिंर १४ गते हुने बागलुङ क्षेत्र नं. २ (ख) को प्रदेश सभाको उप–निर्वाचनका लागि नेपाली काँग्रेसबाट जित बहादुर शेरचनको उम्मेदवार टुंगो लागेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका बुधबार देशका सबै स्थानमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवाको टुंगो लगाएको हो । यस अघिको निर्वाचनमा समेत स्वर्गीय टेकबहादुर घर्तीलेद्धारा पराजित भएका शेरचनलाई पार्टीले पुन उम्मेद्वार बनाएको छ । विद्यार्थीकालदेखिनै आफ्नो राजनीति यात्रा शुरु गरेका शेरचन नेविसंघ बागलुङको विभिन्न पदमा रही काम गरेका थिए । उनी २०६२ सालमा नेविसंघबाट ताजहल क्याम्पस काठमाण्डौंको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । २०६७ मा नेविसंघको केन्द्रीय सदस्य भएका शेरचन हाल काँग्रेसको महाधिवेशन प्रतिनिधि छन् ।

शेरचन यस अघिको निर्वाचनमा राष्ट्रिय जनमोर्चा र नेकपाका संयुक्त उम्मेदवार स्व. टेकबहादुर घर्तीसँग पराजित भएका थिए । घर्तीले ११ हजार ८ सय ८४ मत ल्याएका थिए भने शेरचनले ८ हजार ६ सय २४ मत ल्याएका थिए । शेरचन पश्चिम क्षेत्रका लोकप्रिय नेताको रुपमा र युवाहरुको रोजाईको नेताको रुपमा पनि परिचित रहेको कार्यकताले बताउँछन् । उनी काँग्रेस भित्रका प्रखर बक्ताका रुपमा पनि परिचित रहेका छन् । बागलुङमा क्षेत्र नं. २ ‘ख’ मा प्रदेश सभा सदस्य र बडिगाड गाउँपालिका वडा नम्बर २ मा वडा अध्यक्ष पदका लागि उप–निर्वाचन हुँदै छ । प्रदेश सभा सदस्यम निर्वाचित टेकबहादुर घर्तीको निधन र वडा अध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भए सँगै यि दुवै स्थान रिक्त रहेका थिए । नेपाली काँग्रेस बागलुङले आफ्नो पार्टीबाट चार जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

उम्मेवारका लागि शेरचन सँगैक्षेत्र नम्बर २ का क्षेत्रीय सभापति द्रोण कुँवर, महाधिवेशन प्रतिनिधि टेकराज पौडेल र तुलासिंह घर्तीको नाम केन्द्रमा पठाएको थियो । हामीले क्षेत्र बाट सिफारिस भएको सवै नाम केन्द्रमा पठाएका थिर्यौ काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले भने, केन्द्रले शेरचनलाई उम्मेदवारी बनाएर पठाएको छ । यस पालीको उपनिर्वाचनमा काँग्रेसले आफ्नो पाल्टोमा पार्ने सभापति थापाले बताए । पार्टी भित्र केहीको पुरानै उम्मेदवारलाई यस पाली पनि टिकट दिनुपर्छ भन्ने धारणा आए अनुरुप शेरचनले नै टिकट पाएको काँग्रेस भित्र चर्चा रहेको छ । उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार शेरचन (नेकपा)राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार खिम विक्रम शाही बिच कडा पतिस्पर्धा हुने देखिए पनि अन्य साना दलहरुले पनि आफ्ना उम्मेदवार उठाएका छन ।