समृद्ध कञ्चनका लागि युवाहरुको सृजनात्मक बिचारमा प्रतियोगिता हुदै

२० कार्तिक २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


कञ्चन/जगिलाल थापा-“मानिसको परिचय उसको प्रतिभाले निर्धारण गर्दछ ।”भन्ने नाराका साथ कञ्चन जेसिसले आफ्नो निर्धारित कार्यक्रम अनुसार यही कार्तिक २१ र २२ गते भ्वाइस अफ कञ्चनको छनौट प्रतियोगिता संचालन गर्दै छ ।हामी सामाजिक प्राणी भएको नाताले समाजमा रहेका बहु प्रतिभाहरुको खोजी गर्नु हाम्रो दायित्व र कर्तब्य हो र हामीले हाम्रो पालामा नगरे हाम्रो पालामा लुकेका प्रतिभा कहिल्यै बाहिर आउन नसक्ने भएकोले हाम्रो सामाजिक उत्तरदायित्व अन्र्तगत कार्यक्रम गर्न लागिएको अध्यक्ष चुडामणि पौडेलले जानकारी दिनु भएको छ। वहाले भन्नु भयो बर्तमान सरकार समृद्ध देश निर्माणको अभियानमा लागिरहेको बेला हाम्रो स्थानिय सरकारको रुपमा रहेको कञ्चन गाउपालिका पनि समृद्ध कञ्चन निर्माणको अभियानमा छ । समृद्ध कञ्चन बनाउने जिम्मा निर्वाचित जनप्रतिनिधी र कर्मचारीको मात्र होइन हामी सबै सामाजिक अभियान्ताहरु र युवा शक्तीहरुको पनि उत्तिकै जिम्मेवारी र कर्तब्य हो भन्दै समृद्ध कञ्चन निर्माणको लागि युवाहरुको के कस्तो योजना र सोंच छ त उनिहरु समृद्ध कञ्चन निर्माणमा के कसरी सहभागि हुन सक्छन भन्ने कुराको अभिमत र दृष्टिकोणलाई स्थानिय सरकारका

योजनाबिदहरुका सामु ल्याउन “समृद्ध कञ्चनका लागि युवाहरुको भुमिका” शिर्षकमा युवाहरुको सृजनात्मक बिचारको प्रतिस्पर्धा गराउन लागेको अध्यक्ष पौडेलले बताउनु भएको छ ।कञ्चनका लुकेर रहेको वाक प्रतिभाहरुको पहिचान गरी ती प्रतिभाहरुको सम्मान तथा प्रोत्साह गर्ने उद्धेश्यका साथ बार्षिक कार्ययोजना अनुरुप कञ्चन जेसिसले सो कार्यक्रम गर्न लागेको हो । कुनैपनि ब्यक्तीको पहिरन तथा जिउदाल हेरेर उनिहरुको मुल्यांकन होइन उनिहरुमा रहेको अन्तरनिहित सिप र क्षमताको परिक्षा लिएपछि मात्र उनिहरुको ब्यक्तित्व र प्रतिभा थाहा हुने भएकोले कञ्चनमा रहेका ती प्रतिभाहरुको खोजी गर्ने उद्धेश्यका साथ प्रतियोगिता संचालन गर्न लागिएको जेसिजका कानुनी सल्लाहकार तथा कार्यक्रम संयोजक बाबुराम पौडेलले बताउनु भएको छ ।भ्वाइस अफ कञ्चन कञ्चनको छनौट प्रतियोगिता गजेडी माध्यमिक बिधालयमा भोली २१ गते र बुद्धदिप अंग्रेजी आवासिय माध्यमिक बिधालयमा यही कार्तिक २२ गते हुनेछ भने छनौट प्रतियोगिताबाट छनौट भएका प्रतियोगीहरुको फाइनल प्रतियागिता रुपन्देहीको सुन्दर तथा प्रयटकिय स्थल दानापुरतालमा कार्तिक ३० गते हुने कार्यक्रम संयोजक पौडेलले जानकारी दिनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया