कांग्रेसले टुंगो लगायो उपनिर्वाचनकालागि सबै उम्मेदवारहरु ( हेर्नुहोस् को-को भए )

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ। आज बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीन सिटका लागि हुने उपनिर्वाचनमा उठाउने उम्मेदवारको नाम टुंगो लगाएको हो। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, प्रदेशसभाका लागि हुने उपनिर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर २ को ‘ख’ प्रदेशमा जित शेरचन, दाङ क्षेत्र नम्बर ३ को ‘ख’ मा केशव शर्मा आचार्य र भक्तपुर क्षेत्र नम्बर १ को ‘क’ मा कृष्ण भँडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपचुनावका लागि उम्मेदवारी मनोनयन भोलि (कात्तिक २१) गते हुँदैछ ।