सपना गाहाको ‘मनको पीर’मा प्रेमको अभिनय

२० कार्तिक २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
258 Shares


बुटवल – लोक तथा दोहोरी गायिका सपना गाहा मगरले नयां गीत ‘मनको पीर’ सार्वजनिक गरेकी छन् । यसै हप्ता सार्वजनिक भएको यो गीत परिवारमा घट्ने यथार्थ घटनामा आधारित छ । नारी वेदनामा आधारित गीतमा रमेश बीजीका मर्मस्पर्शी शब्दमा सपना गाहाको स्वर सुन्न सकिन्छ । जमुना रानाको लय रहेको गीतको म्युजिक भिडियो सुमन थापाले निर्देशन गरेका छन् । सन्तोष बस्यालको छायांकन र सागर बिरहीको एरेन्ज रहेको गीतमा लोकसंगीतका पारखी एवं रुपन्देही भलबारीका युवा व्यवसायी प्रेम जीएम, गायिका सपना गाहा र स्वातीको अभिनय रहेको छ ।

म्युजिक भिडियोमा गायिका सपनाले जीवन्त अभिनय गरेकी छन् भने प्रेम जीएमले पनि आफ्नो चरित्र अनुसारको भूमिका राम्रोसंग निभाएका छन् । संगीत र कलाका पारखी प्रेमले राम्रा लोक गीतहरुको म्युजिक भिडियो निर्माणमा कलाकारलाई सहयोग समेत गर्दै आएपनि मनको पीर गीत नेपाली परिवेशको यथार्थ र मार्मिक गीत भएकाले अभिनय गरेको प्रेमले बताए । युट्युब च्यानलमा समेत हेर्न सकिने मनको पीर गीतले लोक संगीतका पारखीहरुको मन जित्ने विश्वास गरेको गायिका सपनाले बताइन् । गायिका सपनाले यसअघि थुप्रै एल्बम निकालिसकेकी छन् । हेरौ सोहि गित 

फेसबुकबाट तपाईको प्रतिक्रिया