सेन्ट्रल जोन खेल्ने महिला भलिबल टोली आज बंगलादेश जाँदै

प्रकाशित मिति:

काठमाडौं/  बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न नेपाली टोली आज बंगलादेश जाने भएको छ ।यही कात्तिक २१ देखि २९ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन जाने टोलीलाई नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मा, महासचिव जीतेन्द्रबहादुर चन्द, उपाध्यक्ष रञ्जन खड्कालगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए ।नेपाली खेलाडीमा कप्तान अरुण शाहीसहित प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, अफगानिस्तान, किर्गीस्तान, माल्दिभ्स र तुर्कमेनिस्तान सहभागी छन् । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद साग र एभिसी सेन्ट्रल जोनको तयारीका लागि नेपाली टोलीले थाइल्याण्डमा १९ दिन प्रशिक्षण गरेका थिए ।