बिहीबारको दिन के गर्न हुन्छ के हुँदैन?जान्नुहोस

२१ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
213 Shares


एजेन्सी –धार्मिक मान्यता अनुसार हप्ताका सात दिनमा सातै किसिमको महत्व छ ।अन्य बारजस्तै बिहीबारलाई पनि धार्मिक महत्वको दिनका रुपमा व्याख्या गरिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले निकै महत्वपूर्ण मानिन्छ । बिहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्छ भन्ने विश्वास गरिन्छ ।बिहीबार के गर्ने? जुनसुकै कामको दुई पाटो हुन्छ। त्यसैले धार्मिक महत्वका साथ गरिने पूजा आजामा पनि दुई महत्व हुन्छ । त्यसैले गर्न हुने र नहुने विषयलाई ख्याल गर्नुपर्छ ।

–बिहीबार सूर्य उदाउनु भन्दा अघि नै शुद्ध भएर भगवान विष्णुका नाममा गाईको शुद्ध घ्यू हालेर दियो बाल्नु राम्रो हुन्छ ।
– निधारमा केसरी वा बेसारको पहेंलो टिका लगाउँदा राम्रो मानिन्छ।
– ब्रह्माणलाई कुनै पहेँलो वस्तु दान गर्नु फाइदाजनक हुन्छ ।
– भगवान शिवका नाममा पहेँलो रंगको लड्डू चडाउँदा पुन्य प्राप्ती हुन्छ ।
–फलफूलमा केरा दान गर्नु राम्रो मानिन्छ ।

के गर्न हुँदैन?

धर्मशास्त्र अनुसार, बिहीबार, कपाल नुहाउनु हुँदैन, रौं काट्नु हुँदैन, दारी काट्ने वा नङ काट्नु हुँदैन, त्यस्तै भारी कपडा धुनु पनि हुँदैन ।धर्मशास्त्रमा उल्लेख भए अनुसार, बिहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने मान्यता छ । रौं काट्दा गुरु ग्रह कमजोर हुने विश्वास गरिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।बिहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल गर्ने, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि बिहीबार नगर्नु नै उत्तम हुन्छ ।बिहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने धर्म शास्त्रमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
  • निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण सुरु
  • आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता…
  • समृद्धि फाइनान्सको २००% हकप्रद असोज १६ बाट निष्कासन हुने, कहिलेसम्मका…
  • सहकारीमा पनि घट्ने भयो ब्याजदर, यस्तो छ नयाँ व्यवस्था
  • समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार आजदेखि, साढे ३९ करोड…
  • बिपि बिचार राष्ट्रिय समाज रुपन्देहीको कार्यसमिति बिस्तार, सदस्यमा पोखरेल मनोनित
  • सतोगुण : संयमित, सन्तुलित र श्रेष्ठ जीवनका लागि
  • आज  मंगलबारको राशिफल
  • पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई लगाम लगाउन वडा अध्यक्ष एकजुट