इमर्जिङ कप खेल्ने क्रिकेट टोली घोषणा, पारस र सन्दीप अटाएनन्

प्रकाशित मिति:

काठमाडौँ –एसीसी इमर्जिङ टिम्स कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यान सचिव असोकनाथ प्याकुरेलले टोलीको घोषणा भएको जानकारी दिएका हुन्।ज्ञानेन्द्र मल्लको कप्तानिमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। टोलीमा निवर्तमान कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने छैनन् ।टोलीमा कप्तान मल्लसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन शराफ, सन्दिप जोरा, सुशान भारी, इशान पाण्डे, आरिफ शेख, अभिनास बोहरा, कुसल भुर्तेल छन्।

नेपाली टोलीको म्यानेजरमा प्रशान्त विक्रम मल्ल छन् भने मुख्य प्रशिक्षकमा उमेश पटवाल रहेका छन्। यस्तै दिपेन्द्र प्रताप सिंह सहायक प्रशिक्षक रहँदा भिडियो एनालिसिष्टमारमन सिवाकोटी र फिजियोमा विक्रम न्यौपाने छन्।