हत्या गरी फालिएको शवको पहिचान

प्रकाशित मिति:

यहि भदौ १८ गते सोमबार सन्धिखर्क नगरपालिका–१२ बस्यालटोला नजिकै बोरामा फालेको अबस्थामा भेटिएको शबको पहिचान भएको छ । सन्धिखर्क १२ बस्याल टोलाको चिलीयाथुम खोल्सामा भेटिएको शब कपिलबस्तु वाणगंगा नगरपालिका वाड नम्वर ७ धैरेनीडाडाका ३६ बर्षिय धनबहादुर घर्ती मगरको रहेको पुष्टी भएको हो । डिभर्ना बस्याल टोलाका महिलाहरु ख¥यानमा घास काट्नगएको समयमा गन्ध आएपछि के मरेछ भनेर खोज्दै जादा स्थानीयहरुले अनुहारनै नचिनिने अबस्थामा मानसिको शब देखेका थिए । मानिसको शब देखेपछि स्थानीयहरुले प्रहरीलाइ खबर गरेका थिए । बेबारिसे शब भेटिए पछि प्रहरीले अनुसन्धान थालेको थियो ।