सामाजिक सदभाव कायम राखौं

२१ कार्तिक २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
55 Shares


इमरान खान – कपिलवस्तु विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल कपिलवस्तुमा यस किसिमको घटना हुन आपतिजनक छ । कपिलवस्तुमा यसअघि मुस्लिम अगुवा समाजसेवी मोइत खाँको २०६४ भदौं ३० गते हत्यापछि भड्केको दंगाले कपिलवस्तुमा ठूलो धनजनको क्षति भयो । कपिलवस्तु जिल्लाको कृष्णनगरमा बुधवार साँझबाट भोलिपल्ट बिहिवार बिहान जुन घटना घटयो यो कपिलवस्तुवासीका लागि पुनः दोस्रो अपाच्य कालो ईतिहास बन्न पुग्यो । हिन्दु धर्मावलम्वीहरुले दीपावलीको अवसरमा स्थापना गरेको लक्ष्मी पूजा मुर्ती सेलाउन हिडेको रर्यालीको विचमा एकासी उत्पन्न विवाद चर्केर हिन्दु–मुस्लीम विचको धार्मीक साम्प्रदायीक दंगा भडकीने अवस्था सिर्जना हुन थालेको संकेत महशुस गरी कपिलवस्तु जिल्ला प्रशासनले शान्ति सुरक्षा कायम राख्न कर्फूयु समेत जारी गर्यो । कर्फूयुकै समयमा सिमावर्ती भारतीय नागरिक सुरज कुमार पाण्डेय ( २१वर्षका, कृष्णनगरमा चिया पसल गरी बस्ने) को बाँया आँखा टाउकोमा गोली लागेर ज्यान गएको छ । यो साह्रै अप्रिय दुःखद घटना हो । यसैविच कर्फूयुकै समयमा विहिवार मध्यरातमा सुरक्षाकर्मीको घेरवन्दीमा लक्ष्मी पूजाका तीनवटा मुर्तीहरु गोलघरमा लगेर सेलाउने काम भएको छ । कृष्णनगर घटना प्रभावित क्षेत्रमा सुरक्षा सर्तकता बढाउनुका साथै विहिवारदेखि लगाएको कर्फूयु शनिवार विहान ६ः०० वजेदेखि हटेको छ । प्रहरीले शनिवार साँझ घटनाका आरोपीत स्थानिय मुस्लीम अगुवा जमाल साहलाई नियन्त्रणमा लिएको छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको क्रिडास्थल कपिलवस्तुमा यस किसिमको घटना हुन आपतीजनक छ । कपिलवस्तुमा यसअघि मुस्लीम अगुवा समाजसेवी मोईत खाँको २०६४ भदौं ३० गते हत्यापछि भड्केको दंगाले कपिलवस्तुमा ठूलो धनजनको क्षति भयो । त्यसवखतपनि मिलेर वसेका सर्वसाधारण सोजा नागरिकहरुलाई अपराधकर्मीले हिन्दु–मुस्लीम, पहाडे–मधेशी, दलित–गैरदलितको जातिय एवं धार्मीक दंगा भडकाउने दुस्प्रयास गरे । केहि हद सम्म अपराधीले ताण्डब नृत्य मचाए । तर स्थानियहरु बढोसुझ–बुझका साथ मिलेर बस्न थाले ।फेरी अहिले अपराधकर्मीहरु सलबलाए । अपराधीले मौका हेरेर वसिरहेका हुन्छन । कपिलवस्तुबाटै आगो लगाउने दाऊमा देखिन्छन ।

किनकी बारम्वार घटना यहिबाट गर्न दुस्हास भईरहेका उदाहरणहरु छन । गतवर्षपनि वडा दसैको वेला दुर्गादेवी मुर्ती विर्सजन गर्ने क्रममा दुई दिनसम्म कर्फुयु लगाएर मुर्ती सेलाउनु परेको थियो । यसवर्ष दसैमा उच्च सतकर्ता गरी आपसी समन्वय वढेकाले त्यो स्थिती आएन तर दीपावलीमा लक्ष्मीको मुर्ती सेलाउन जादा एकासी बल्झीयो । कर्फूयु लाग्यो, मान्छेको ज्यान गयो । सामाजिक, धार्मीक सदभाव खलवलियो । शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासन चुक्यो । समाजमा मिलेर वसेका समुदायलाई अपराधीक बाहिय तत्वले भड्काउने, लडाउने दुसहास गरिरहन्छन । तर त्यस्ता प्रवृतिका कुतत्वहरुबाट आफू जोगिनुपर्दछ र टोल छिमेक समाज लाई जोगाएर आपसमा मिलेरै बस्नुपर्दछ । जनआन्दोलन २०६२÷६३ को बलबाट संविधानसभा मार्फत नेपाललाई धर्म्निरपक्ष लोकतान्त्रिक संघीय गणतान्त्रिक राज्य घोषीत गरेका छन । तर नेतागणको यस्तो कार्यप्रति अधिकांश नागरिकको आपती छ । धर्मनिरपक्ष मुलुकमा हरेक धर्म एवं जातजातिका सवै संस्कृतिको उतिकै सम्मान र महत्व छ । एकले अर्कालाई अपमान गर्ने र उसको कार्यमा अवरोध गर्न कदापी कसैले पाईदैन । यदि कसैले गर्छ भने त्यो लोकतन्त्र, गणतन्त्र विरोधी हो, धर्मनिरपक्ष विरोधी हो, समाजमा शान्ति सदभाव विथोल्ने कुतत्व हो भनेर बुझनुपर्दछ । नागरिक समाजमा शान्ति सुरक्षाको जिम्मा लिएका प्रहरीहरुको कार्यशैलीले पनि प्रभाव पार्ने गर्दछ । ‘सत्य सेवा सुरक्षणम्’ को नारा बोकेको प्रहरी संगठनले इमान्दारीता पूर्वक काम गर्नुपर्दछ । राज्यमा निर्मला पन्त हत्या प्रकरणका अपराधी र ३३ किलो सुन काण्डका अपराधीलाई छोडने प्रवृतिका अनुसन्धानकर्रमी प्रहरी संगठन चाहिएको छैन । यसैगरी महराको काण्डमा पनि प्रमाण मेटाउन ढिला सुस्ती अनुसन्धान गर्ने प्रवृतिले प्रहरीप्रतिको विस्वास घटेको छ । निर्मला हत्या प्रकरणसंगै प्रहरीले जनतासामु खसकेको विस्वास जगाउन ‘प्रहरी मेरो साथी’ कार्यक्रम सुरु गरेको छ । तर प्रहरीले आफनो चरित्र सुधार गरेको भेद र विश्वास जनतामाझ दिन असफल देखिएको छ । प्रहरीले दमनकारी प्रवृत्ति त्याग्नुपर्दछ । हातमा बन्दुक, पेस्तोल एवं युद्ध सामाग्री बोकेर नागरिकको सुरक्षा गरे भन्नु आदर्श समाजमा सुहाउदैन । जनताको करबाट बाँचेको प्रहरीले समाजमा चोरी लुटपाट, तस्करी, हत्या, हिंसा, बलात्कार, लागुऔषध एवं चेलिवेटी वेचविखन नियन्त्रण, दुर्घटना न्यूनिकरण गर्नु उसको आधारभूत काम हो । नागरिक स्वतन्त्र रुपमा बाँच्न पाउनुपर्ने नैसर्गिक वातावरण बन्नुपर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग