नेपाल तरुण दल स्याङ्जाको नियमित बैठक सम्पन्न

२१ भाद्र २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
130 Shares


स्याङ्जा \ नेपाल तरूण दल स्याङ्जाको नियमित बैठक काँग्रेस पार्टी कार्यालय स्याङ्जामा सम्पन्न भएको छ । बैठकमा भदौ २४ गते १०५औं बीपी जयन्ती संगै जिल्लाका सबै वडाहरूमा एकै साथ स्व जिल्ला सभापति कमलप्रसाद पंगेनीको शोकसभा समेत संयुक्तरूपमा मनाउने गरि नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमहरूमा नेपाल तरूण दल स्याङ्जाले सहयोगीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

बैठकमा विशेष उपस्थिति जनाउनुभएका काँग्रेस जिल्ला सचिव कुमार राना, महासमिति सदस्य तथा भीरकोट नगरपालिकाका मेयर छाँयाराम खनाल काँग्रेस स्याङ्जा क्षेत्र नं २का सभापति अर्जुनप्रकाश अर्याल तरूण दलका पूर्व केन्द्रीय सदस्य गोबिन्द पंगेनी, पूर्व महाधिवेशन प्रतिनिधि मुन्ना शेख, तरूण दल स्याङ्जाका उपाध्यक्ष शिवसंसार श्रेष्ठ, तरूणदलका क्षेत्रीय अध्यक्षहरू कुमबहादुर गुरूङ, दिपेन्द्र केसी महेश भट्टराई, नेबिसंघ जिल्ला सभापति अजित क्षेत्री, तरूण दलका जिल्ला सदस्य नामदेव खनाल लगायतले बोल्नुभएको थियो।

बैठकमा बोल्दै अध्यक्ष भागवतप्रकाश मल्लले पार्टीको कार्यक्रम नै सबैको कार्यक्रम भएकोले तरूणहरू एक भएर बीपी जयन्ती मार्फत संगठन बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो। उहाँले सबै महिलाहरूमा हरितालिका तीजको शुभकामना ब्यक्त समेत गर्नुभएको थियो। तरूण दल स्याङ्जा १ ले बिस्तार गरेको कार्यसमितिका मनोनित उपाध्यक्ष बोधराज अर्याल सहित अन्य सदस्यहरूलाई सपथ समेत खुवाईएको थियो। तरूण दल स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न बैठकको संचालन जिल्ला सहसचिव रबिन केसीले गर्नुभएको थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया