कास्की २ मा नेकपा नेताले दिए विद्रोही उम्मेदवारी

प्रकाशित मिति:

कास्की – कास्की क्षेत्र २ को प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा नेकपा नेताले विद्रोही उम्मेदवारी दिएका छन्। नेकपाकी आधिकारिक उम्मेदवार विद्या भट्टराईले मनोनयन दर्ता गर्नुअघि कमलजंग कुँवरले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनी नेकपाकै कार्यकर्ता भएको बताइएको छ।

मनोनयन दर्तामा भट्टराईका प्रस्तावक नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य कृष्ण थापा बसेका छन् । समर्थकमा प्रदेशसभा सदस्य प्रभा कोइराला रहेकी छन् । यहाँ नेपाली कांग्रेसका तर्फबाट खेमराज पौडेललाई अघि सारिएको छ भने राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ ।