कास्की २ मा अमेरिकाको जस्तै नतिजा आउँछ – कांग्रेस उम्मेद्वार पौडेल

पौडेलले प्रश्न गर्दै भन्नुभयो – “अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा ट्रम्पले जित्छन् भनेर कसैले ठान्या थियो ? हो त्यस्तै हुन्छ कास्की २ उनले भने ।

प्रकाशित मिति:

कास्की –  कास्की २ को उपनिर्वाचनमा उमेदवारी दिँदै कांग्रेसका प्रत्यासी खेमराज पौडेलले आफूले अनपेक्षित विजय हात पार्ने दाबी गर्नुभएको छ । बिहीबार मनोनयन दर्ता गर्ने क्रममा पौडेलले प्रश्न गर्दै भन्नुभयो, “अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा ट्रम्पले जित्छन् भनेर कसैले ठान्या थियो ? बेलायतामा पनि कहिले लेबर पार्टीले जित्छ, कहिले कन्जरभेटिभ आउँछ ।”

उहाँले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले यसअघिको निर्वाचनमा व्यक्त गरेका प्रतिवद्धता पूरा नगरेकाले आफ्नो जित सुनिश्चित भएको तर्क गर्नुभयो । उहाँले आफ्नो जितको आधार जनता भएको तर्क गर्दै भन्नुभयो, “यो चुनावले सरकार ढल्ने होइन । हामी सरकार ढाल्न पनि चाहँदैनौं ।” कांग्रेस स्थिरताको पक्षधर भए पनि सरकारको गतिविधिले अस्थिरता सिर्जना भएको बताउनुभयो । “जनताले बलियो प्रतिपक्षी खोजेका छन् । त्यस्तै सरकारले प्रतिवद्धता पूरा नगरेकाले सबक सिकाएर सही दिशामा हिँडाउन खोजेका छन्,” उहाँले भन्नुभयो ।