तीन दिवसीय क्रिकेट– नेपाल १५३ रनमा अलआउट

प्रकाशित मिति:

काठमाडौं – एमसीसी विरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटको पहिलो इनिङ्समा नेपाल अलआउट भएको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा दोस्रो दिनको पहिलो सेसनमा एमसीसी अलआउट भएपछि ब्याटिङमा उत्रिएको नेपाल ४४ ओभर ४ बलमा १५३ रन जोड्दै अल आउट भएको हो । नेपाललाई सुरुवातमा झड्का लागेको थियो । ओपनरका रुपमा मैदान प्रवेश गरेका ज्ञानेद्र मल्ल डक आउट भएका थिए । नेपालले १८ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको थियो । राजु रिजालले ८ रन जोड्दा शरद भेषवाकर ४ रनमा आउट भएका थिए ।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३८ रन बनाए । एमसीसीलाई ३ सय ६४ रनमा अलआउट गरेर ब्याटिङ थालेको नेपालले लन्च ब्रेकसम्म १८ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले १०१ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ६४ रन बनायो । पहिलो दिन ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको एमसीसीले दोस्रो दिन बिहिबार ५३ रन जोड्दा बाँकि ४ विकेट गुमाएको थियो ।